नेपाली आकाशमा ट्राफिक जाम : एअर इन्डियाले ६ फन्को लगायो, कतारले अझै पालो पाएन

 जेठ ३, २०७६ शुक्रबार १०:३८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएकाले नेपाली आकासमा जहाज होल्ड हुने समस्या बढेको छ । विमानस्थलमा पार्किङको समस्या र आन्तरिक जहाजको चापका कारण अन्तर्राष्ट्रिय उडान होल्ड हुने समस्या बढेको विमानस्थल कार्यालयले जनाएको छ । 

शुक्रबार विहान मात्रै दिल्लीबाट आएको एअर इन्डियाको ए आई २१३ जहाजले काठमाण्डाैमा ६ फन्का लगाएपछि मात्र बल्ल अवतरणको पालो पाएको थियो । 

कतार एअरले हेटौँडामाथिको आकाशमा धेरै फन्का लगाएको छ । ल्हासा र हिमालयन एअरले पनि फन्का लगाइरहेका छन् । बुद्ध एअरलगायत अन्य जहाजले पनि धेरैबेर पालो कुर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थलको धावनमार्गको कालोपत्रे फेर्न राति १० बजेदेखि बिहान ८ बजेसम्म विमानस्थल बन्द हुँदै आएपछि समस्या झनै बढेको छ । 
 

अन्तिम अपडेट: फागुन १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया