फ्राइडे रिलिजः आजबाट जात्रै जात्रा र बीर विक्रम २ प्रदर्शनमा

 जेठ ३, २०७६ शुक्रबार ११:५१:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फ्राइडे रिलिजअन्तर्गत आज शुक्रबारबाट अपेक्षाकृत २ चलचित्र जात्रै जात्रा र बीर विक्रम २ प्रदर्शनमा आएका छन् ।

दुवै चलचित्र सिक्वेलका रुपमा निर्माण गरिएका हुन् । 

चलचित्र जात्रै जात्राले सबैजसो मल्टिप्लेक्स हलहरुमा राम्रो शो पाएको छ । क्यूएफएक्स चेनको ५ पर्दामा मात्र चलचित्रलाई १९ शोज दिइएको छ । काठमाण्डौको जय नेपालमा ४, सिभिलमा ४, कुमारीमा ४ र छाया सेन्टरमा चलचित्र ‘जात्रै जात्रा’लाई ३ शोज दिइएको छ । चलचित्रले ललितपुरको लबिममलमा ४ शो पाएको छ ।यस्तै, चितवनको जलमाहलमा ३ शो, पोखराको सिनेप्लेक्समा चलचित्रले ४ शो पाएको छ । यस्तै, काठमाण्डौको बिग मुभिजले यो चलचित्रलाई ४ शो दिएको छ । 
चलचित्र युनिटले दर्शकलाई सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिंग समेत खुल्ला गरेको छ । अग्रिम टिकट बुकिंग खुल्ला भए सँगै आफूलाई पायक पर्ने समयका लागि अनलाइनबाट नै टिकट बुकिंग गर्न सकिने छ । दर्शकलाई चलचित्र हेर्न सहज होस् भन्ने उद्देश्यले अग्रिम टिकट बुकिंगको व्यवस्था गरिएको चलचित्रका निर्देशक प्रदिप भट्टराईले बताउनुभयाे ।

चलचित्र ‘जात्रै जात्रा’मा सुन पचाउन गर्नुपरेको संर्घषलाई देखाइएको छ । षट्कोण आर्टको व्यानरमा निर्माण भएको चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानिया हुन् ।  ‘जात्रै जात्रा’मा सिंगे लामा र यज्ञश्वर पौडेलको लगानी रहेको छ । चलचित्रका सार्वजनिक गीत संगीत र ट्रेलरले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेका छन् । ‘जात्रै जात्रा’का सार्वजनिक दुई गीत ‘माया पिरिममा’ र ‘जीवन जात्रा हो’ अहिले चर्चामा छन् । 

चलचित्रमा विपिन कार्की, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाङ राई, वर्षा राउत, राजाराम पौडेल, प्रकाश घिमिरे, सोहित मानन्धर, कालु राना, अंशु महर्जन, कृष्णभक्त महर्जन, कविन्द्र त्रिपाठी, प्रेम पाण्डे, साजनथापा मगर, प्रियंका झा लगायतका कलाकारको अभिनय रहेको छ । ‘जात्रै जात्रा’माशिवराम श्रेष्ठको छायांकन, काली प्रसाद बास्कोटा, राजनराज सिवाकोटी र कृष्ण भारद्धाजको संगीत, शंकर महर्जनको द्धन्द्व, मित्र डि गुरुङको सम्पादन रहेको छ ।

यस्तै आजैबाट प्रदर्शनमा आएको अर्को चलचित्र ‘बीर विक्रम’ मिलन चाम्सको निर्देशनमा तयार भएको हो । पल शाह र नाजिर हुसेनकोे प्रगाढ मित्रतामा वर्षाको आगमनपछि आउने उतारचढावमा चलचित्र केन्द्रित छ । यसमा पल बीरको भूमिकामा छन् भने नाजिर विक्रमको भूमिकामा प्रस्तुत भएका छन् । यसैगरी यसमा वर्षा बादलको भूमिकामा छिन् भने बुद्धि तामाङ पहिलो पटक खल भूमिकामा देखिएका छन् । 

चलचित्रलाई राजधानीका क्युएफएक्समा १२ शोज प्राप्त भएको छ । क्युएफएक्स अन्तर्गत लबिममलमा २ शो , सिभिलमलमा ३ शो , ठमेलमा रहेको छायाँ सेन्टरमा ३ शो , कुमारीमा ३ शो र जयनेपालमा १ शो दिएको छ । यसैगरी क्युएफएक्सकै नेपालगंजमा रहेको बागेश्वरी सिनेमामायसलाई १ शो दिइएको छ भने क्युएफएक्सकै पोखरामा रहेको सिनेप्लेक्समा ३ दिएको छ ।

राजधानीमा रहेको मल्टिप्लेक्सहरुमा कमलपोखरी स्थित सिटी सेन्टरमा रहेको बिगमुभिजमा ३ शो , दरबारमार्ग स्थित राइजिङ महलमा रहेको क्युज सिनेमाजमा २ शो , गोंगबुमा रहेको बिएसआर मुभिजमा ३ शो , सुन्धाराकाे सीटीसी मलमा रहेको सिने डी सेफमा ४ शो र चाबहिलमा रहेको केएल टावरमा रहेकाे एफक्युबमा ३ शो रहेको छ ।

यसैगरी मोफसलतर्फ पोखरामा रहेको मिडटाउन सिनेमामा ३ शो , हेटौडामा रहेको एनएस सिनेमामा १ शो प्राप्तभएको छ ।

प्रदीप भारद्धाजको कथामा बनेको चलचित्रका छायाँकार सुदीप बराल हुन् । अपर्ण सापकोटा निर्माता रहेको चलचित्रमामा देशभक्त खनाल, विनिशा भण्डारी, विनोद सुवेदी खत्री, मनिष लिम्बु लगायतका कलाकारहरुको अभिनय छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया