गोक्यो तालबाट झिकिएको शवको मुचुल्कामा ढिलाइ

 जेठ ३, २०७६ शुक्रबार १४:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रहरी पुग्न ढिला हुँदा सोलुखुम्बुको गोक्यो तेश्रोबाट निकालिएको शवको मुचुल्का गर्न ढिलाइ भएको छ ।

शव खोज्न खटिएको टोलीले बिहीबार बिहानै एक जनाको शव निकालेको भए पनि प्रहरी नपुगेकोले अझै मुचुल्का हुन सकेको छैन । मुचुल्का नहुँदा शवबाट दुर्गन्ध फैलिएको स्थानीयले बताए । 

शव निकालिएको गोक्यो ताल पुग्न नाम्चेबाट दुई दिन हिँड्नुपर्ने भएकोले पुग्न ढिलाइ भएको इलाका प्रहरी कार्यालय नाम्चेका प्रहरी निरीक्षक देउप्रसाद लिम्बूले बताउनुभयो । ‘हिजो बिहान शव निकालेपछि मात्र जानकारी भयो, जानकारी पाउनसाथ टोली पठाएका छौँ, आज दिउँसो सम्म पुगेर मुचुल्का गर्छौं’, लिम्बूले भन्नुभयो । हिँडेर जान टाढा भएको र अन्य विकल्प नभएकोले ढिलाइ भएको प्रहरीले बताएको छ । 

गएको साउन १९ गते गोक्यो तालमा पौसिड खेल्दा डुबेका तीन जना विद्यार्थीमध्ये सुनिल बराइलीको शव बिहीबार निकालिएको थियो । 

विदेशी विशेषज्ञ र सशस्त्र प्रहरी बलको संयुक्त टोलीले परिचालन गरेको रोबोटले झण्डै ३५ फिट गहिराइमा शव पहिचान गरेर बाहिर निकालेको सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पुरुषोत्तम भण्डारीले जानकारी दिनुभयो । 

बेपत्तामध्ये पेम्बा नुरु शेर्पाको शव त्यतिबेलै निकालिएको थियो भने पेम्बा दोर्जी शेर्पाको शव खोज्न टोली बिहानैदेखि लागिरहेको टोलीमा सहभागी विक्रम श्रेष्ठले जानकारी दिनुभयो । 


 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया