जापानको जङ्गलमा तीन दशकयताकै ठूलो डढेलो
फागुन १९, २०८१ सोमबार
काठमाण्डाै - शिक्षाविद्हरुले गुणस्तरीय शिक्षामा जोड दिन सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।
शिक्षाविद् डा. सुरेशराज शर्मा र केदारभक्त माथेमाले गुणस्तरीय शिक्षामा जोड दिन सरकारलाई सुझाव दिनुभएको हो । शुक्रबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा काठमाण्डौ विश्वविद्यालयका पूर्व उपकूलपति समेत रहनु भएका शर्माले शिक्षण संस्थाहरुले बेरोजगारहरुको उत्पादन गरिरहेकाले सरकारले त्यसलाई गुणस्तरीय बनाउन जोड दिनुपर्ने स्पष्ट पार्नु्भयो ।
उहाँले विश्वविद्यालयलाई सरकारले नियन्त्रण गर्न नहुने पनि बताउनु भयो ।
शिक्षाविद् एवं त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति केदारभक्त माथेमाले विश्वविद्यालय आफैँलाई अपनत्व अनुभव हुनेगरी आवश्यक संरचना निर्माण गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विश्वविद्यालयको नियमनका लागि छुट्टै निकाय गठन गरे त्यो बढि प्रभावकारी हुने तर्क पनि गर्नुभयो । सरकारको नियन्त्रणमा रहेकै कारण नेपालका विश्वविद्यालयहरुले गुणस्तरीय शिक्षा दिन नसकेको शिक्षाविद् माथेमाको तर्क छ ।
शिक्षाविद्हरुले विश्वविद्यालयको शिक्षा खस्कनुमा राजनीतिक हस्तक्षेप मुख्य कारण रहेको पनि औंल्याएका छन् । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकूलपति महेशकुमार शर्माले विगतमा राजनीतिक हस्तक्षेप भएकै कारण विश्वविद्यालय तहको शिक्षा उपलब्धिमूलक हुन नसकेको स्पष्ट पार्नुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।