विश्वकपको ट्रफी उचाल्ने दाउमा न्यूजिल्याण्ड

 जेठ ३, २०७६ शुक्रबार २०:२०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

न्यूजिल्याण्डले अहिलेसम्म विश्वकपको ट्रफी उचाल्न सकेको छैन । उसले आउँदाे जुन १ तारिखमा श्रीलंकाविरुद्ध खेल्दै आईसीसी विश्वकप २०१९ को सुरुआत गर्नेछ । 

न्यूजिल्याण्ड विश्वकपमा ६ पटक सेमिफाइनलमा पुगेको थियो भने २०१५ को फाइनलमा अस्ट्रेलियासँग पराजित भएपछि पहिलो पटक उपाधि जित्ने धोको पूरा गर्न सकेन ।

केन विलियमसनको नेतृत्वमा रहेको न्यूजिल्याण्ड पहिलो पटक उपाधि जित्ने धोको पुरा गर्ने दाउमा हुनेछ ।

मार्टिन गप्टिल 

न्यूजिल्याण्डका उत्कृष्ट ब्याट्सम्यान मार्टिन गप्टिलले १६९ एक दिवसीयमा ६ हजार ४ सय ४० रन बनाएका छन् । जसमा उनका तीन वटा शतक पनि सामेल छन् । अघिल्लाे विश्वकपमा उनले दोहोरो शतक बनाएर रेकर्ड पनि बनाएका थिए । 

केन विलियमसन 

टीमका सबैभन्दा अनुभवी खेलाडी हुन् केन विलियमसन । उनको काँधमा पनि पहिलो पटक विश्वकप जिताउने अभिभारा हुने छ । उनले १३९ एक दिवसीयमा ५ हजार ५ सय ५५ रन बनाएका छन् । जसमा ११ शतक तथा ३७ अर्धशतक सामेल छन् ।

रस टेलर 

रस टेलर पनि अनुभवी खेलाडी हुन् । न्यूजिल्याण्डका लागि २१८ एकदिवसीय क्रिकेटमा उनले ४८।३२ को स्ट्राइक रेटमा ८ हजार २६ रन बनाएका छन् । जसमा २० शतक र ४७ अर्धशतक समेत छन् ।
 
ट्रेन्ट बोल्ट 

बोल्टले न्यूजिल्याण्डको मुख्य बलिङ लाइन अपको नेतृत्व गर्ने छन् । बायाँ हाते बलर बोल्टले ७९ एकदिवसीय क्रिकेटमा १४७ विकेट हात पारेका छन् । उनको बलिङ स्पीडका कारण ब्याट्सम्यानहरुलाई खुलेर खेल्न भने समस्या हुनेछ । उनी स्विङका पनि महारथी नै हुन् ।

काेलिन मनरो 

३२ वर्षीय काेलिन मनरो न्यूजिल्याण्डका सफल ब्याट्सम्यान हुन् । उनी टीमका लागि छिटो रन बनाउन उपयोगी हुने अपेक्षा गरिएको छ । उनले ५१ एक दिवसीयमा ७ अर्धशतकसहित ११ हजार ४६ रन बनाएका छन् ।

टिम साउदी

दायाँ हाते तीव्र गतिका बलर हुन् टिम साउदी । उनले १३९ एकदिवसीय क्रिकेटमा १८५ विकेट लिएका छन् । उनी न्यूजिल्याण्डको टिमका तीव्र गतिमा ट्रेन्ट बोल्टलाई साथ दिनेछन् ।

यस्ताे छ अहिलेसम्म विश्वकपमा न्यूजिल्याण्डको प्रदर्शन

१९७५, १९७९, १९९२, १९९९, २००७ र २०११ मा सेमिफाइनल । १९९५ मा क्वार्टरफाइनल, २००३ सुपर सिक्स, १९९३ र १९८७ मा समूह चरणबाटै आउट । २०१५ मा फाइनलमा अस्ट्रेलियासँग पराजित ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया