‘सफा र स्वच्छ हरित रसुवा’ अभियान सुरु

 जेठ ४, २०७६ शनिबार १८:२७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा - रसुवामा शनिबारदेखि ‘सफा र स्वच्छ हरित रसुवा’ अभियान सुरु भएको छ ।

वातावरणीय पक्ष, मानव स्वास्थ्यमा पर्ने असर र बढ्दो पर्यटक आकर्षणलाई मध्यनजर गर्दै याे अभियान सुरु गरिएको हो । जिल्लाभर नै अभियान सञ्चालन गरिने भए पनि पहिलो चरणमा सदरमुकाम धुन्चेबाट थालनी गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताउनुभयो ।

अभियानकाे पहिलो दिन शनिबार तीन टन फोहोर सङ्कलन भएको छ । संकलन भएको प्लाष्टिकजन्य फोहोर जलाइएको छ ।

बृहत् सरसफाई अभियानमा झण्डै सय जनाको सहभागिता रहेको थियो । प्रत्येक शनिबार बिहान साढे ६ बजेदेखि साढे ७ बजेसम्म अभियान सञ्चालन हुने छ । अभियान अन्तर्गत सडक छेउमा राखिएका गिट्टी बालुवा हटाउने, सडकको वरिपरि वृक्षारोपण गर्ने र डष्टबिनको व्यवस्थापन गर्ने भण्डारीले उहाँले बताउनुभयो । 

जिल्ला प्रशासन कार्यालय रसुवा र गोसाईकुण्ड गाउँपालिकाले संयुक्त रूपमा अभियान सञ्चालन गरेका हुन् । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया