अन्त्यतिर परेकाे पानीले हिउँदे वर्षा औसतको १८ प्रतिशत पुग्याे
फागुन १७, २०८१ शनिबार
काठमाण्डौ – मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले महोत्तरीको बर्दिबासका पाँच वटा अस्पताल बन्द गर्न निर्देशन दिनुभएको छ । हिजो अनुमगन गरेका आठ वटा अस्पतालमध्ये कानून विपरित सञ्चालनमा रहेका पाँच वटा अस्पातल बन्द गर्न निर्देशन दिनुभएको मन्त्रालयका स्वास्थ्य अधिकृत सन्तोषकुमार ठाकुरले जानकारी दिनुभयो ।
बन्द गरिएकोमा बर्दिवास वडा नम्बर १ मा सञ्चालित पिनाकल हस्पिटल, ओम समाज डेन्टल क्लिनिक, खर्गा डेन्टल केयर सेन्टर, सुरक्षा अर्थेपेडिक एण्ड क्लिनिक प्रा.लि र खोमुसरा डेन्टल क्लिनिक प्रा.लि रहेका छन् । झन्डै एक महिना अघि मुस्कान अस्पतालमा पत्थरीको सल्याक्रिया गरेका बिरामीको २० दिनसम्म पनी होस नआएको घटना बाहिरीएपछि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशमा सञ्चालित स्वास्थ्य संस्थाहरुको अनुगमनलाई तिब्र पार्नुभएको हो ।
अहिलेसम्म ५९ वटा अस्पताल तथा स्वास्थ्य संस्थाहरुको अनुगमन गरेकोमा २२ वटा स्वास्थ्य संस्थाहरु बिना अनुमति सञ्चालनमा रहेको पाइएको छ । मुख्यमन्त्री सिंहले ती अस्पताललाई बन्द गर्न निर्देशन दिनुभएको छ । यस्तै नकिरण नगरेका २२ वटा अस्पतालले कागजात पूरा गर्न दुई महिनाको समय पाएका स्वास्थ्य अधिकृत ठाकुरले बताउनुभयो ।
मुख्यमन्त्री सिंहसँगै प्रदेश सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री सत्रुधन प्रसाद सिंह पनि अनुगमनमै जानुभएको छ । अनुगमनका क्रममा अस्पतालको आकस्मिक कक्षमा २४ सै घण्टा रहनुपर्ने स्वास्थ्यकर्मी नरहेको, सरसफाइको अवस्था राम्रो नभएको, झन्डै १२ जना फार्मेसिस्टहरु सरकारी मापदण्ड पूरा नगरी काम गर्ने गरेको पाइएको अधिकृत ठाकुरले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।