जात्रै जात्राले कमायो २ दिनमा २ करोड

 जेठ ५, २०७६ आइतबार १२:१९:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – शुक्रबारदेखि देशभर प्रदर्शनमा आएको सिनेमा जात्रै जात्राले देशैभर आक्रामक कारोबार गरिरहेको छ । सिंगलको तुलनामा मल्टिप्लेक्समा सिनेमाको कारोबार अक्रामक छ । 

शुक्रबारदेखि नै आक्रामक कारोबार गरिरहेको सिनेमाको शनिबार काठमाण्डौका सिभिल, जय नेपाल, कुमारी, बिग मुभिज, छाया सेन्टर, ललितपुरको लबिम मललगायतका हलहरुमा दर्शकको चाप ९५ देखि १०० प्रतिशत रह्यो ।

काठमाण्डौ बाहिरका चितवन, पोखरा लगायतका स्थानमा पनि दर्शकको चाप उच्च छ । 

सिनेमाले दुई दिनमै झण्डै २ करोडको कारोबार गरिसकेको छ । सिनेमाको माउथ पब्लिसिटी र समीक्षालाई हेर्ने हो भने  कारोबारमा रेकर्ड राख्ने देखिन्छ । 

सिनेमालाई दर्शकले दिएको माया देखेर निर्माण टिम दंग परेको छ । अभिनेत्री वर्षा राउतले शुक्रबार र शनिबार सिनेमालाई मिलेको प्रतिकृयाले आफू निकै नै खुशी रहेको बताएकी छिन् । 

उनले आफूहरुले गरेको मिहिनतेलाई दर्शकले पनि मन पराईदिएको भन्दै खुशी व्यक्त गरिन् । उता हल भिजिटमा पुगेका सिनेमाका मुख्य कलाकार विपिन कार्कीले पनि  दर्शकले नसोचेको माया दिएको बताए । 

सिनेमाको व्यापार मात्र आक्रामक होइन, दर्शकले समेत सिनेमालाई निकै नै राम्रो भएको प्रतिक्रिया दिएका छन् । सिनेमा हेरिसकेका  अधिकांश दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै ५ मा ४.५ रेटिङ दिएका छन् ।

धेरैले यो सिनेमा जात्रैजात्रा भन्दा उत्कृष्ट बनेको प्रतिकृया दिएका छन् । पैसाको कथा बोल्ने सिनेमा जात्राको सिक्वेल जात्रै जात्राले सुनको कथा भन्छ । 

निर्देशक भट्टराईले आफूहरुले सिनेमाको सिक्वेल बनाउन निकै नै मिहिनेत गरेको बताउँदै सिनेमा हेरेर दर्शकले दिएको प्रतिकृयाबाट खुशी मिलेको र सिनेमाले लामो समयसम्म दर्शकको साथ पाउनेमा आफू विश्वस्त रहेको बताए । अधिकांश दर्शकले लामो समयपछि निकै नै उत्कृष्ट चलचित्र हेर्न पाएको बताएका छन् ।

सिनेमामा विपिन कार्की, वर्षा राउत, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानिया, प्रियंका झा लगायतका कलाकारको मुख्य भूमिका छ । 


 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया