च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
आईसीसी विश्वकप क्रिकेटका लागि वेस्ट इण्डिजले टिम घोषणा गरेको छ ।
अरु टिमले टिम घोषणा गरेर तयारी गरिरहे पनि वेस्टइण्डिजले ढिला गरी विश्वकप खेल्ने टिमको घोषणा गरेको हो । जेसन होल्डरको कप्तानीमा रहेको वेस्टइण्डिजको टिममा क्रिस गेल, कीमार रोच, ड्यारेन ब्राभाे, आन्द्रे रसल, शाई होप, शेल्डन काटरेल, एभिन लेविस, शेनन गेब्रियल, कार्लोस ब्रेथवेट, एश्ले नर्स रहेका छन् ।
यसैगरी शिमरन हेटमेएर, फेबियन एलन, ओसाने थोमस र निकोलस पुरन पनि टिममा रहेका छन् ।
यस बाहेक १० जना रिजर्भ खेलाडीको पनि घोषणा गरिएको छ । जसमा ड्वेन ब्राभो र कायरन पोलार्ड पनि रहेका छन् । ब्राभोले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिइसकेका छन् । उनले अन्तिम एक दिवसीय २०१४ को अक्टाेबरमा खेलेका थिए ।
The greatest player to represent @windiescricket at the World Cup is _________ pic.twitter.com/vw7TccjYlG
— Cricket World Cup (@cricketworldcup) May 2, 2019
टी–२० भने २०१६ सम्म खेलेका थिए । ब्राभो र वेस्टइण्डिज क्रिकेट बोर्डका बीचमा विवाद भएपछि उनी राष्ट्रिय टिममा परेका थिएनन् । अन्य खेलाडी घाइते भएको अवस्थामा खेलाउनका लागि ब्राभोलाई वैकल्पिक खेलाडीको रुपमा छनोट गरिएको जनाइएको छ ।
बाभ्रो र पोलार्डसँगै सुनील अम्ब्रिस, जोन क्याम्पबेल, जोनाथन कार्टर, रोस्टन चेज, शेन डाेरिच, कीमो पल, खेरी पियरे र रेमन रेइफर रहेका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।