मोटरसाइकल र स्कुटर पछाडि बस्नेले पनि हेलमेट लगाउनुपर्ने

जरिवाना तिर्न बैंकमा लाइन बस्नु नपर्ने

 जेठ ५, २०७६ आइतबार १६:२८:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - उपत्यकामा दुई पाङ्ग्रे सवारी साधन मोटरसाइकल र स्कुटरको पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने भएको छ । 

आइतबार महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाण्डौमा पत्रकार सम्मेलन गर्दै दुई पाङ्ग्रे सवारी साधन (मोटरसाइकल र स्कुटर) पछाडि बस्नेले समेत हेलमेट लगाउनुपर्ने नियम सुरु गर्न लागेको जानकारी दिएको हो । 

काठमाण्डौमा हुने दुई पाङ्ग्रे सवारी साधनको दुर्घटनालाई विश्लेषण गर्दा हेल्मेट लगाएको चालकभन्दा पछाडि बस्ने व्यक्ति घाइते भएको र मृत्युदर समेत पछाडि बस्नेको बढी रहेको देखाउँछ । यही कारणले गर्दा मोटरसाइकल र स्कुटर पछाडि बस्नेले अनिवार्य हेलमेट लगाउनुपर्ने व्यवस्था गर्न लागिएको महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक वसन्तकुमार पन्तले जानकारी दिनुभयो ।

महाशाखाले यातायात व्यवस्था ऐनमा संशोधन गरी हेलमेट अनिवार्य रुपमा लगाउनु पर्ने व्यवस्था गर्न यातायात व्यवस्था विभागमा अनुरोध गरेको जानकारी दिएको छ । यस्तै महाशाखाले उपत्यकामा सवारी चाप व्यवस्थित गर्दै कम गर्न मोवाइल एप प्रयोगमा ल्याउने भएको छ । 

पत्रकार सम्मेलनमा प्रमुख एवं वरिष्ठ प्रहरी उपरीक्षक पन्तले जीआईएस प्रविधिमा आधारित एपले उपत्यकाको ट्राफिक जाम, बाटो डाइभर्सन लगायतको महत्वपूर्ण सूचना हरेक १५ मिनेटमा दिने बताउनुभयो ।

यस्तै महाशाखाले विभिन्न नियम मिचेर सवारी चलाएका चालकले तिर्नुपर्ने जरिवाना तिर्न पनि बैंकमा लाइन बस्नुनपर्ने नियम बनाउन लागेको बताएको छ । फिल्डमा खटिएको ट्राफिक प्रहरीले इ-चलानीमार्फत नियम उल्लङ्घन गर्ने चालकलाई चिट दिनेछ र यो चिटको आधारमा सवारी चालकले इ-पेमेन्ट गर्न सक्नेछन् ।

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया