विश्वकपमा बंगलादेश: उत्कृष्ट प्रदर्शनका लागि तयार

 जेठ ५, २०७६ आइतबार २०:१८:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

बंगलादेशको टिमको गणना विश्वकपमा 'डार्क हर्स'काे रुपमा हुन्छ । आफ्नो पहिलो विश्वकपमा पाकिस्तानलाई पराजित गरेर सनसनी मच्चाएको बंगलादेशले २००७ को विश्वकपमा भारतलाई पराजित गर्दै प्रतियोगितबाट बाहिर पठाएको थियो ।

बंगलादेशले पहिलो प्रतिस्पर्धा २ जुनमा दक्षिण अफ्रिकासँग गर्नेछ । तर त्यसअघि २६ मेमा पाकिस्तान र २८ मे मा भारतसँग अभ्यास खेल पनि खेल्ने बंगाली टाइगरको मनोबल अहिले उच्च रहेको छ । वेस्टइण्डिज र आयरल्याण्डलाई पराजित गर्दै त्रिकोणीय सिरिज पनि हात बंगलादेशले भर्खरै हात पारेको छ ।

त्रिकोणीय सिरिजमा माशर्फे माेतर्जाको कप्तानीमा रहेको बंगलादेश कुनै पनि खेलमा पराजित भएन । लिग चरणमा वेस्टइण्डिजलाई पराजित गरेको बंगलादेशले फाइनलमा वर्षाले प्रभाव पारे पनि वेस्टइण्डिविरुद्ध हावी नै भयो ।

एक दिवसीय वरीयतामा अहिले ७ नम्बरमा रहेको बंगलादेशको ब्याटिङ लाइनअपमा तमिम इकबाल, सौम्य सरकार, मुश्फिकुर रहिम छन् भने बलिङमा माशर्फे माेर्तजा, मुस्तफिजुर रहमान, स्पिनरमा शकिब अल हसन र मेहन्दी हसन छन् ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया