मेस्सीले दुई गोल गर्दा पनि इबरसँग बराबरीमा राेकियाे बार्सिलोना

 जेठ ६, २०७६ सोमबार ७:११:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले इबरसँग बराबरी खेलेको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले इबरसँग २–२ गोलको बराबरी खेलेको हो ।

बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले दुई गोल गरे । इबरका लागि मार्क कुकुरेल्ला र पाब्लो डी ब्लासिसले एक एक गोल गरे ।

इबरविरुद्ध दुई गोल गरेसँगै मेस्सीले यस सिजनकाे सबैखाले प्रतियोगितामा ५० औँ गोल पुरा गरेका छन् ।

बराबरीसँगै बार्सिलोनाले ८७ अंक जोड्दै एट्लेटिको मड्रिडलाई ११ अंकले पछि पारेका छ । दोस्रो स्थानको एट्लेटिकोले ७६ अंक छ ।

बार्सिलोनाले उपाधि भने यसअघि नै जितिसकेको छ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया