मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टाेलीकाे घाेषणा, काे-काे परे टिममा ?

 जेठ ६, २०७६ सोमबार १७:४३:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर - एन्फा

काठमाण्डाै -  अर्को महिना हुने दुईवटा मैत्रीपूर्ण खेलका लागि नेपाली फुटबल टिमको घोषणा भएको छ ।

मलेसिया र चाइनिज ताइपेईसँग हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक योहान कलिनले २३ सदस्यीय टिम घोषणा गरेका हुन् ।नेपाली टिममा प्राय पुरानै अनुहार रहँदा विमल घर्ती मगर भने अटाउन सकेनन् ।

विमल घर्ती मगर अर्को साता माल्दिभ्सको लिग खेल्न माले जाँदैछन् । उनी टिसी स्पोर्टसमा आबद्ध भएका छन् । उनको स्थानमा अभिषेक रिजालले स्थान बनाएका छन् । उनी राष्ट्रिय अण्डर ट्वेन्टी थ्री तथा मनाङ मर्स्याङ्दी क्लबका खेलाडी हुन् ।

नेपालले आउँदो जुन २ मा क्वालालम्पुरमा मलेसियासँग र जुन ६ मा चाइनिज ताइपेईसँग मैत्रीपूर्ण खेल खेल्दैछ । यो मैत्रीपूर्ण विश्वकप छनोट प्रतियोगिताका लागि अभ्यासका रुपमा हेरिएको छ ।

प्रशिक्षक कलिनले दुई मैत्रीपूर्ण खेलले नेपाली टिमलाई सेट हुनका लागि महत्वपूर्ण रहने प्रतिक्रिया दिए । ‘प्रशिक्षणका दौरान प्रदर्शनका आधारमा खेलाडी छनोट गरिएको हो । अभ्यासमा केही नयाँ खेलाडीले उत्कृष्ट प्रदर्शन गरेका थिए र मैत्रीपूर्ण खेलमा पनि त्यस्तै प्रदर्शन हुन्छ भन्ने आशा छ’, प्रशिक्षक कलिनले भने ।

केही खेलाडीमा भने फिटनेसको समस्या रहको कलिनको भनाइ छ ।

यस्तो छ नेपाली टिम

गोलकिपर

किरण चेम्जोङ

विकेश कुथु

एलन न्यौपाने

डिफेन्डर

विराज महर्जन

सरोज दाहाल

रजिन धिमाल

सुमन अर्याल

अनन्त तामाङ

अजित भण्डारी

देवेन्द्र तामाङ

रवि सिलवाल

मिडफिल्डर/फरवार्ड

सुनिल बल

रवि पासवान

सुजल श्रेष्ठ

विशाल राई

रोहित चन्द

विक्रम लामा

सन्तोष तामाङ

तेज तामाङ

विमल राना

नवयुग श्रेष्ठ

अभिषेक रिजाल

अञ्जन विष्ट

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया