भारतीय महिला लिग : सावित्राकाे सानदार प्रदर्शनमा सेथु फुटबल क्लब फाइनलमा

 जेठ ६, २०७६ सोमबार १८:३५:४० | एजेन्सी
unn.prixa.net

नेपाली फुटबलर सावित्रा भण्डारीको टिम सेथु भारतीय महिला लिग फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

सावित्राले चार तथा ग्रेसले ह्याट्रिक गरेको खेलमा रतनवालाले एक गोल थपेकी थिइन् । सोमबार भएको सेमिफाइनलमा एसबीएस वुमन फुटबल क्लबलाई ८–१ गेलको फराकिलो जित निकाल्ने क्रममा सावित्राले ह्याट्रिक गरिन् । जारी लिगमा सावित्राको यो तेस्रो ह्याट्रिक पनि हो । १३ औं मिनेटमा ग्रेसले गोल गर्दै सेथुलाई अग्रता दिलाइन् ।

४१ औं मिनेटमा सावित्राले व्यक्तिगत पहिलो गोल गर्दा उनको टिम सेथु २–० ले अघि बढेको थियो । सावित्राले ग्रेसका क्रसमा गोल गरेकी थिइन् । पहिलो हाफको अतिरिक्त समयमा सुमित्राको पासमा गोल गर्दै सेथु ३–० ले अघि हुँदा ग्रेसले व्यक्तिगत दोस्रो गोल गरेकी थिइन् । पहिलो हाफमा ३–० को अग्रता बनाएको सेथुले दोस्रो हाफमा थप ४ गोल गरेको थियो भने एक गोल खान पुग्यो । नेपालकी सावित्राले दोस्रो हाफमा ह्याट्रिक पूरा गरेकी थिइन् ।

५२ औं मिनेटमा सेथुका लागि ग्रेसले ह्याट्रिक पूरा गरिन् । अस्टलताको पासमा हेडर मार्फत व्यक्तिगत दोस्रो गोल गर्दा उनको टिम सेथु ५–० ले अघि बढेको थियो ।

६५ औं मिनेटमा सावित्राले ह्याट्रिक पूरा गर्दा उनले अस्टलतादेवीको पासमा गोल गरेकी थिइन् । ७१ औं मिनेटमा एसएबीका लागि दुरान मराण्डीले सान्त्वना गोल फर्काइन् । ७३ औं मिनेटमा रतनवालाले टिमका लागि सातौं गोल गरिन् । ह्याट्रिक गरेकी सावित्राले ९० औं मिनेटमा व्यक्तिगत चौथो गोल गर्दा सेतु ८–१ गोलको फराकिलो अन्तरले विजयी हुँदै फाइनलमा पुग्न सफल भयो ।

सेथुले अब फाइनलमा मणिपुर पुलिस स्पोर्टस क्लबसँग प्रतिस्पर्धा गर्ने छ । जसलाई समूह चरणमा सेथुले ६–४ गोल अन्तरले पराजित गर्दा सावित्राले पहिलो ह्याट्रिक समेत गरेकी थिइन् ।

 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया