‘गोल्डेन शुको प्रतिस्पर्धामा मेस्सीसँग हारे पनि मेरा लागि गर्वको विषय हुनेछ’

 जेठ ६, २०७६ सोमबार २०:२६:४३ | एजेन्सी
unn.prixa.net

पेरिस सेन्ट जर्मेइका स्ट्राइकर केलियन एमबाप्पेले यूरोपियन 'गोल्डेन शु' अवार्डका लागि आफू अझै पनि दाबेदार भएको प्रतिक्रिया दिएका छन् । 

यूरोपेली सिजन सकिनै लाग्दा लियोनल मेस्सीले एम्बाप्पेविरुद्ध चार गोलको अग्रता कायम राखेका छन् । ला लिगामा मेस्सीको खेल सकिएको छ भने एमबाप्पेले एक खेल खेल्न बाँकी नै छ । यदि यो खेलमा चार गोल हान्न सकेको खण्डमा एमबाप्पेले 'गोल्डेन शु' जित्नेछन् । 

मेस्सीले यो सिजन ३६ गोल गरेका छन् भने एमबाप्पेले ३२ गोल पुर्‍याइसकेका छन् । एबाप्पेले मेस्सीको यो सिजनको रेकर्ड तोड्न वा बराबरी गर्न प्रयास गर्नेछन् । तर, एक खेलमा चार गोल निकै कठिन हुन सक्नेछ । 

२० वर्षे एबाप्पेले फ्रान्सको लिग वनमा आइतबार मात्र महत्वपूर्ण दुई अवार्ड जितेका छन् । उनले उत्कृष्ट खेलाडी र उत्कृष्ट युवा खेलाडीको उपाधि जितेका हुन् ।

‘गोल्डेन शुको प्रतिस्पर्धामा मेस्सीसँग पराजित भए पनि मेरो लागि गर्वको विषय हुनेछ, अन्तिम खेल बाँकी नै छ, अझ पनि जित्न सक्नेछु,’ एमबाप्पेले भने ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया