मानसरोवर जाने तीर्थयात्री बढे

 जेठ ७, २०७६ मंगलबार ६:२८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

रसुवा – रसुवागढी नाका हुँदै मानसरोवर जाने तीर्थयात्रीको सङ्ख्या बढेको छ । गएको वर्षदेखि यो नाका हुँदै मानसरोवर जाने क्रम सुरु भएको थियो ।

एक महिनामा ४ सय ६५ जना तीर्थयात्री मानसरोवर गएका अध्यागमन कार्यालय रसुवाले जनाएको छ । मानसरोवर जानेमध्ये २ सय ३५ जना भारतीय, ३२ जना विदेशी र १ सय ९८ जना नेपाली रहेका छन् ।

यो गएको वैशाख ६ गतेदेखि जेठ ६ गतेसम्मको तथ्याङ्क हो । सोमबार एकै दिनमा ३ सय ५३ तीर्थयात्री मानसरोवर गएका अध्यागमन अधिकृत विष्णु घर्तीले बताए । रसुवागढी नाकाबाट जानका लागि सहज र सस्तो पर्ने भएकाले यो नाकाको प्रयोग बढेको हो ।

मानसरोवर जानका लागि हुम्ला र रसुवागढी नाकाको प्रयोग हुँदै आएको छ । समुद्री सतहबाट करिब ६ हजार ५ सय मिटर उचाइमा रहेको मानसरोवर रसुवागढी नाकाबाट करिब ६ सय किलोमिटर टाढा पर्छ । कैलाश पर्वत फेरो लगाउन साढे दुई दिन लाग्ने बताइएको छ । साधारणतया ४० देखि ७० बर्ष उमेरका भारतीय पर्यटक कैलाश पर्वत जाने गर्छन् ।

नेपालको पशुपतिनाथपछि कैलाश मानसरोवरलाई पवित्र तीर्थस्थल मानिने गरिएको छ । मानसरोवर जानेमध्ये करिब १५ देखि २० प्रतिशत तेस्रो मुलुकका पर्यटक हुने कार्यालयले जनाएको छ ।

मानसरोवर कैलाश यात्राका लागि करिब दुई दर्जन नेपाली कम्पनीले सेवा दिँदै आएका छन् । मानसरोवर जानका लागि हुम्ला र सिन्धुपाल्चोक तातोपानीको नाका प्रयोग हुँदै आएको छ । सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि अहिले हुम्ला र रसुवाको नाका प्रयोगमा आएको छ ।
 

अन्तिम अपडेट: फागुन १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया