च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - नेपाली युवा खेलाडी सन्दीप लामिछाने अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
हालै आईपीएल खेलेर भारतबाट फर्किएका सन्दीप आज अष्ट्रेलिया प्रस्थान गरेका हुन् । केही दिन चितवनमा घर परिवारसँग बिताएका सन्दीप अष्ट्रेलियाबाट जुनको दोस्रो साता फर्कने जनाइएको छ ।
नेपाली क्रिकेटको विकासका विषयमा अष्ट्रेलियामा छलफल गर्ने सन्दीपले बताए । नेपालले एकदिवसीय वरीयता पाएपछि पछिल्लो समय नेपाली क्रिकेटको अन्तर्राष्ट्रिय स्तरमा चर्चा बढेकाले नेपाली क्रिकेटको विकासका लागि अस्ट्रेलियामा केही पहल गर्ने उनको भनाइ थियो ।
अष्ट्रेलियाको बिग ब्याशमा मेलवर्न स्टार्सबाट खेलेका उनले त्यहाँ रहँदा क्लबका पदाधिकारीसँग छलफल गर्ने पनि बताए । उनले नेपालका केही खेलाडीहरुलाई प्रशिक्षणका लागि अष्ट्रेलियामा व्यवस्था गर्ने विषयमा पनि छलफल हुने बताए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।