भारतमा लोकसभा चुनावको पहिलो चरणको मतदान शुरु
बैशाख ७, २०८१ शुक्रबार
फ्रेन्च क्लब लियोनकी स्ट्राइकर एडा हेगरबर्गले 'बीबीसी महिला फुटबलर अफ् द इयर' को उपाधि जितेकी छिन् ।
च्याम्पियन्स लिगको फाइनलमा ह्याट्रिक गरेको चार दिनपछि यो पुरस्कारका लागि विश्वभरका समर्थक माझ भोटिङ खुला गरिएको थियो । जसमा उनी विजयी भइन् । अवार्ड जितेपछि खुशी हुँदै एडाले सबै समर्थकलाई धन्यवाद समेत दिएकी छिन् ।
अवार्डमा गरिएको भोटिङ अनुसार, डेनमार्क र वोल्फ्बर्गकी स्ट्राइकर पर्नेल हार्डर दोस्रो स्थानमा आइन् । अस्ट्रेलिया तथा शिकागो रेड स्टार्ससकी सेम केर तेस्रो स्थानमा रहिन् ।
बीबीसी वर्ल्ड सर्भिस अवार्डका लागि पाँच खेलाडीलाई छानिएको थियो । जसमा जापान तथा लियाेनकी डिफेन्सिभ मिडफिल्डर साकी कुमागाई र पोर्टल्याण्ड थन्स अमेरिकाकी मिडफिल्डर लिन्डेस होरान पनि उपाधिको होडमा चौथो र पाचौं स्थानमा थिए ।
२३ वर्षीया नर्वेजियन हेगरबर्गले यो पुरस्कार २०१७ मा पनि पाएकी थिइन् ।