यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
धनुषा - प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतले स्वर्ण पदक विजेता अजितकुमार यादवलाई बुधबार पुरस्कृत गर्नु भएको छ ।
चैत महिनामा हङकङमा सम्पन्न थर्ड एसियन युथ एथलेटिक्स च्याम्पियनसिप २०१९ का स्वर्ण पदक विजेता सप्तरी राजविराज १२ निवासी यादवलाई मुख्यमन्त्री राउतले ५ लाख ११ हजारको चेक हस्तान्तरण गर्दै पुरस्कृत गर्नु भएको हो ।
३ हजार मिटरको दौड ८ मिनेट ३० सेकेण्डमा पूरा गर्दै यादवले स्वर्ण पदक जितेका थिए । नेपाली खेलकुदकाे इतिहासमा एथलेटिक्समा स्वर्ण पदक जित्ने अजित पहिलो खेलाडी हुन् ।