मध्य असारसम्म जम्मा २२ प्रतिशत रोपाइँ सकियो, हेर्नुहोस् कहाँ कति धान रोपियो

 असार १९, २०७५ मंगलबार १३:२२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मध्य असार सकिँदा जम्मा २२ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । कृषि विभागले निकालेको पछिल्लो तथ्याङ्ख अनुसार असारको १८ गतेसम्म २२ दशमलव शून्य ७ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । सबैभन्दा धेरै मध्यपश्चिमका मध्यपहाडी क्षेत्रमा ८० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।

यस्तै उच्च पहाडी क्षेत्रमा ३८ दशमलव २१ प्रतिशत क्षेत्रमा धान रोपाइँ भएको छ । यस्तै मध्य पहाडमा २९ दशमलव शुन्य ९ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ भने धानको भन्डारण मानिएको तराई क्षेत्रमा भने १७ दशमलव ६५ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको कृषि विभागले जनाएको छ । नेपालमा १५ लाख ५२ हजार हेक्टर क्षेत्रफलमा रोपाइ गरिँदै आएकोमा ३ लाख ४२ हजार ६ सय ३१ हेक्टर क्षेत्रफलमा मात्रै रोपाइँ भएको विभागको तथ्याङ्खले देखाएको छ ।

कुन क्षेत्रमा कति रोपाइँ भयो त ?

ताप्लेजुङ, संखुवासभा र सोलुखुम्बुलाई पूर्वाञ्चल उच्च पहाड भनिन्छ । यहाँ ५९ प्रतिशत रोपाइँ भएको छ ।

पाँचथर, इलाम, भोजपुर, तेह्रथुम,धनकुटा, उदयपुर, ओखलढुंगा, खोटाङलाई पुर्वाञ्चल मध्यपहाड भनिन्छ । यहाँ २८ दशमलव २३ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।

झापा, मोरङ, सुनसरी, सिरहा, सप्तरीलाई पूर्वाञ्चल तराइ भनिन्छ । यहाँ १२ दशमलव ६१ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ भएको छ ।

दोलखा रसुवा र सिन्धुपाल्चोकलाई मध्यमाञ्चल उच्च पहाड भनिन्छ, यहाँ २५ दशमलव ४० प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ ।

रामेछाप, सिन्धुली, धादिङ, नुवाकोट,  काभ्रे, काठमाडौं, भक्तपुर, ललितपुर र मकवानपुरलाई मध्यामाञ्चल पहाड भनिन्छ । यहाँ २३ दशमलव ९६ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ ।

धनुषा, सर्लाही,महोत्तरी, पर्सा, बारा, रौतहट र चितवन मध्यमाञ्चल तराइ हुन् । यहाँ १३ दशमलव ९० प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ ।

पर्वत, कास्की, गोरखा, म्याग्दी, लमजुङ,पाल्पा, स्यांजा, बाग्लुङ, तनँहु, अर्घाखाँची गुल्मीलगायतका जिल्ला पश्चिमाञ्चलका मध्य पहाड हुन्, जहाँ २६ दशमलव २६ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।

कपिलवस्तु, रुपन्देही र नवलपरासी पश्चिमाञ्चलका तराईमा पर्ने जिल्ला हुन, जहाँ २३ दशमलव ५४ प्रतिशत क्षेत्रमा रोपाइँ भएको छ ।

जुम्ला, कालिकोट, मुगु, डोल्पा र हुम्ला मध्यपश्चिमाञ्चलका उच्च पहाडी जिल्ला हुन् । जहाँ ९४ प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको छ ।

सुर्खेत, दैलेख, जाँजरको, सल्यान, रुकुम, प्यूठान र रोल्पा मध्यपश्चिमाञ्चलका मध्य पहाडी जिल्ला हुन । जहाँ ४० प्रतिशत क्षेत्रमा रोपाइँ सकिएको  छ ।

दाङ, बाँके र बर्दिया मध्यपश्चिमाञ्चलका तराइका जिल्ला हुन, जहाँ २३ प्रतिशत रोपाइँ सकिएको छ ।

दार्चुला, बझाङ र बाजुर सुदूरपश्चिमाञ्चलका उच्च पहाडी जिल्ला हुन्, जहाँ ५६ दशमलव ५५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । 

डडेल्धुरा, बैतडी, डोटी र अछाम सुदूरपश्चिमाञ्चलका मध्य पहाडी जिल्ला हुन्, जहाँ ३६ दशमलव ८६ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ ।

कैलाली र कञ्चनपुर सुदूरपश्चिमाञ्चलका तराइ जिल्ला हुन्, जहाँ ५४ दशमलव शून्य ३ प्रतिशत क्षेत्रमा रोपाइँ भएको  कृषि विभागले जनाएको छ । 

अन्तिम अपडेट: फागुन २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया