नक्कली नोटसहित फेरि पक्राउ परे युनुस अन्सारी

 जेठ १०, २०७६ शुक्रबार १४:४४:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिणामको भारतीय नक्कली नोटसहित युनुस अन्सारीसहित ६ जना पक्राउ परेका छन् । 

कतारबाट भारतीय नक्कली नोट लिएर काठमाण्डौ आएका ३ जना पाकिस्तानी नागरिक र नोट बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका ३ जना नेपालीसहित ६ जना पक्राउ परेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण रञ्जितकारले जानकारी दिनुभयो । 

पाकिस्तानी नागरिक मासिल उदिन, मोहम्मद अख्तर र नाबिया अनवरले कतारबाट नक्कली भारतीय नोट लिएर आएका हुन् । नक्कली नोट बुझ्न जाली नोट प्रकरणमा जेल सजाय कटाएर रिहा भएका युनुस अन्सारी, रौतहटका सोहेल खान र सुजन रानाभट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । पाकिस्तानी नागरिकले लिएर आएका ३ वटा सुटकेसमध्ये एउटामा २ सय दरका ३ करोड ७२ लाख भारतीय नक्कली नोट रहेको र अरु २ वटा सुटकेसमा भएका नोट गणना गर्ने काम भैरहेको प्रहरी नायब उपरीक्षक रञ्जितकारले बताउनुभयो ।  

युनुस अन्सारी यसअघि पनि नक्कली नोट प्रकरणका जेल सजाय भोगेका व्यक्ति हुन् । नेसन टेलिभिजनका सञ्चालसमेत रहेका अन्सारी २०७० सालमा ललितपुरको नखीपोटमा रहेको आफ्नै घरबाट ३५ लाख बराबरको नक्कली भारतीय नोटसहित पक्राउ परेका थिए । सुन्धाराको केन्द्रीय कारागारमा जेल सजाय भोगिरहँदा उनीमाथि शार्प सुटरले गोली प्रहार गरेका थिए । 

युनुस अन्सारी पूर्व मन्त्री सलिम मियाँ अन्सारीका छोरा हुन् । 
 

अन्तिम अपडेट: फागुन १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया