रौतहटमा दर्ता नगरी अस्पताल सञ्चालन गर्ने व्यक्ति पक्राउ
फागुन १९, २०८१ सोमबार
रामेछाप – सदरमुकाम मन्थलीमा निर्माण गरिएको ३ वटा सरकारी कार्यालयको भवन एकैसाथ हस्तान्तरण गरिएको छ ।
शुक्रबार एक औपचारिक कार्यक्रमकाबीच शहरी विकास डिभिजन कार्यालयको दुई वटा भवन, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयको दुईवटा र प्रमुख जिल्ला अधिकारीको निवास भवन एकसाथ हस्तान्तरण गरिएको हो ।
भवन निमार्णको जिम्मा पाएको निर्माण व्यवसायीले शहरी विकास डिभिजन कार्यालयलाई र डिभिजन कार्यालयले खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालयलाई हस्तान्तरण गरेको हो ।
२०७२ सालको भूकम्पपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सरकारी कार्यालय पुनर्निर्माण अन्तर्गत कर्मचारी निवास, बैठक कक्ष (पुरुष, महिला छुट्टाछुट्टै) र अपाङ्गमैत्री शौचालय साथै रुफटफ गार्डेनसहितको सुविधा सम्पन्न भवन निर्माण गरिएको हो ।
आर्थिक वर्ष २०७२/७३ मा निर्माण कार्यको लागि सम्झौता भएकोे भवन गएको वैशाख महिनामा सम्पन्न भएको थियो । १३ करोड, ८ लाख ५७ हजार ६ सय ४४ रुपैयाँमा सम्झौता भएको पाँच वटा भवन मूल्य अभिवृद्धि कर बाहेक १२ करोड ६८ लाख ७१ हजार ८ सय ३१ रुपैयाँमा सम्झौता भएको भन्दा कम लागतमा सम्पन्न भएको हो । यो भवन निर्माणको जिम्मा सुनकोशी खानी थोदुङ जेभी काठमाण्डौले पाएको थियो ।
भूकम्पले तीन सरकारी कार्यालयको भवन ध्वस्त पारेपछि खानेपानी डिभिजन कार्यालय भाडाको घरमा सञ्चालन हुँदै आएको थियो । त्यस्तै शहरी विकास डिभिजन कार्यालय आफ्नै जमिनमा कटेज निर्माण गरी दुःखका साथ कार्यालय सञ्चालन गर्दै आएको थियो भने प्रमुख जिल्ला अधिकारीको आवास भवन नहुँदा जिल्ला प्रशासन कार्यालयमै बस्दै आएका थिए । अब सबै कार्यालयको सुविधा सम्पन्न भवन निर्माण भएपछि दैनिक कामकाजमा सहज हुने आशा कार्यालयले लिएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।