दैलेखमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु

 जेठ १०, २०७६ शुक्रबार १७:११:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलेख – ठाँटीकाँध गाउँपालिका–६ पाँचलामा मिनीट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । सुर्खेतबाट दैलेखको ठाँटीकाँध जाँदै गरेको ना ८ ख २५८३ नम्बरको मालवाहक मिनीट्रक दुर्घटना भएको हो ।

मिनीट्रक दुर्घटनामा ज्यान गुमाउनेमा गाडी चालक २८ वर्षीय जोरबहादुर थापा, ठाँटीकाँधका मेडिकल सञ्चालक २५ वर्षीय दीपेन्द्र थापा र ठाँटीकाँधमै खुद्रा पसल सञ्चालन गर्दै आएका २७ वर्षीय धर्मबहादुर थापा रहेको ठाँटीकाँध गाउँपालिका–६ का वडा सदस्य रतन तिरुवाले बताउनुभयो ।   

मिनीट्रक खसेको ठाउँ भीर र जंगल भएको कारण ढुवानी गरी ल्याइएका सामग्री छरपष्ट भएको तर उठाउन कठिन भएको उद्धारमा सहभागी प्रहरीले बताएका छन् ।

दुर्घटना भएको धेरै समयपछि अर्को गाडीका यात्रुले देखेर प्रहरीलाई खबर गरेपछि दुर्घटनाबारे थाहा भएको थियो । दुर्घटना के कारणले भयो भन्नेबारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका निमित्त इञ्चार्ज प्रहरी निरीक्षक प्रेमबहादुर थापाले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया