रौतहटमा दर्ता नगरी अस्पताल सञ्चालन गर्ने व्यक्ति पक्राउ
फागुन १९, २०८१ सोमबार
रसुवा – रसुवागढी नाका जोड्ने मैलुङ–स्याफ्रुबेँसी सडक खण्डमा सुरुङ बनाउने प्रस्ताव अघि बढाइएको छ ।
सुरुङ निर्माणका लागि प्रतिवेदन निर्माण गरेर सडक विभागमा पठाइएको छ । प्रतिवेद अनुसार मैलुङदेखि स्याफ्रुबेँसीसम्म १९ किलोमिटर दूरी रहने छ । सुरुङ निर्माणको लागि ३८ अर्ब रुपयाँ लाग्ने छ ।
प्रतिकिलोमिटर दुई अर्ब रुपयाँ खर्च हुने गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक योजनाले जनाएको छ । नेपाली सेनाले एक वर्षअघि ट्रयाक खोलेर योजनालाई हस्तान्तरण गरेको थियो ।
दुई वर्षभित्र स्तरोन्नतिको काम सकिने गरी प्रक्रिया अघि बढाइए पनि सुरुङ निर्माण गर्ने की स्तरोन्नतिको काम गर्ने भन्नेमा अलमल भएपछि काम सुरु हुन नसकेको योजना प्रमुख नारायण दत्त भण्डारीले बताउनुभयो ।
२०७५ जेठ ६ गते सडकको ट्रयाक खोल्ने कार्य सकिएको थियो । त्रिदेशीय व्यापारमा सहज बनाउनका लागि निर्माण गरिएको सडक हस्तान्तरण भएपछि स्तरोन्नति हुन सकेको थिएन् । सडकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) असारमा सकाएर काम सुरु गर्ने योजनाका साथ प्रक्रिया अघि बढेको थियो ।
वर्षाको समयमा सडकमा पहिरोले थप क्षति गरेपछि निर्माण गरिएको डीपीआर संशोधन गर्न परेको कारण निर्माण कार्य पछि धकेलिएको थियो । यो सडक बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु जोड्ने सडकभन्दा २५ किलोमिटर छोटो छ ।
बेत्रावती कालिकास्थान धुन्चे हुँदै स्याफ्रु पुग्न ५४ किलोमिटर रहेको छ । बेत्रावती मैलुङ स्याफ्रुबेसीको दूरी २९ किलोमिटर मात्रै छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।