पहिलोपटक भारतीय महिला फुटबल लिगमा सहभागिता जनाएर सावित्रा र अनिता स्वदेश फिर्ता

 जेठ ११, २०७६ शनिबार १७:५८:७ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतीय महिला लिग फुटबलमा पहिलो पटक सहभागिता जनाउँदा आफ्नो टिम सेथुलाई च्याम्पियन बनाएकी सावित्रा भण्डारी र अनिता बस्नेत स्वदेश फर्किएका छन् ।

सेथुलाई उपाधि दिलाउन महत्वपूर्ण योगदान गरेकी सावित्राले भारतीय महिला लिग नेपालको भन्दा निकै व्यवसायिक र धेरै कुरा सिक्न पाएको बताइन् । उनले आफ्नो सतप्रतिशत दिएर खेलेकाले पनि राम्रो सफलता हात पारेको बताइन् ।

लिगमा एक खेल बाहेक हरेक खेलमा गोल गरेकी सावित्राले नेपाल र भारतको महिला लिगमा ठूलो अन्तर रहेको र नेपालमा पनि महिला लिगको अवधि लम्ब्याउन आवश्यक रहेको प्रतिक्रिया दिइन् ।

यस्तै अनिता बस्नतेले पनि यो पटक भारतीय खेलमा धेरै सिक्ने मौका पाएको बताइन् । आफ्नो प्रदर्शन सन्तोषजनक रहेको बताउने उनले आफूले सिकेको कुराले राष्ट्रिय टिमलाई फाइदा हुने बताइन् ।

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया