च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
स्पेनिस घरेलु प्रतियोगितामा यो सिजन दोहोरो उपाधि जित्ने बार्सिलोनाको सपना भ्यालेन्सियाले तुहाएको छ । ला लिगापछि कोपा डेल रे को उपाधि जित्ने लक्ष्यमा रहेको बार्सिलोनालाई भ्यालेन्सियाले हराएको हो ।
निकै रोमाञ्चक बनेको फाइनलमा भ्यालेन्सियाले बार्सिलोनालाई दुई एक गोल अन्तरले हरायो । खेलको २१ औं मिनेटमा केभिन गामिरीयोले गोल गर्दै भ्यालेन्सियाले खेलमा अग्रता बनायो । त्यसपछि ३३ औं मिनेटमा रोद्रिगोको गोलमार्फत भ्यालेन्सियाले खेल दुई शून्यले अगाडि राख्यो ।
पहिलो हाफमा दुई गोलको अग्रता बनाएको भ्यालेन्सिया विरुद्ध दोस्रो हाफमा बार्सिलोनाले आक्रामक फुटबल खेलेको थियो । ७३ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै अन्तर दुई एकमा झारेका थिए ।
मेस्सीको भ्यालेन्सियाविरुद्ध यो २८ औं गोल हो । तर त्यसपछि स्टार खेलाडीले भरिएको बार्सिलोना खेलमा फर्कन सकेन र च्याम्पियन्स लिगमा लिभरपुलसँग ब्यहोरेको हारको मलम यो खेलबाट लगाउने लक्ष्यमा चुक्न पुग्यो ।
यो जितले भ्यालेन्सियाले बार्सिलोनाविरुद्ध लगातार २० खेलको हारको श्रृंखलामा पूर्णविराम लगाएको छ । साथै उसले २००८ पछि पहिलो पटक कोपाको उपाधि जितेको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।