दैलेखमा एक युवकको हत्या

 जेठ १२, २०७६ आइतबार १६:५४:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

दैलख – भैरवी गाउँपालिका–६ तोरीमूलमा नचिनेका मानिसको समूहले शनिबार राति चक्कू प्रहार गरी हत्या एक युवकको हत्या गरेको छ ।

घरमा सुतिरहेका २५ वर्षीय गोपी सिंह ठकुरीको नचिनेका मानिसको समूहले हत्या गरेकोको प्रहरीले जानकारी दिएको छ ।

श्रीमति माइती गएको चौथो दिन घरमा एक्लै सुतेका गोपीले राति झण्डै ११ बजेतिर ‘ऐया मरें’ भनी चिच्याएको आवाज निस्केपछि उनी सुतेको ठाउँमा पुग्दा २–३ जना व्यक्ति भाग्दै गरेको देखेको बताइएको छ । प्रहरीले २ जना शंकास्पद व्यक्ति पक्राउ गरेको छ ।

घटनाको अनुसन्धान सुरु गरिसकेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ २६, २०७६

तपाईको प्रतिक्रिया