गण्डकीलाई ३१ रनमै अलआउट गरेकाे काेशीकाे पहिलाे जीत
चैत ३, २०८१ आइतबार
काठमाडौं – छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै काठमाडौंको वीर अस्पतालमा आमरण अनसनरत गोरखा फुजेलकी गंगामाया अधिकारीको स्वास्थ्य अवस्था झनै नाजुक हुँदै गएको छ ।
आज बिहान गंगामायाको स्वास्थ्य अवस्था बुझ्नका लागि अस्पताल पुगेका नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग उपचारमा संलग्न स्वास्थ्यकर्मीले गंगामायाको स्वास्थ्य अवस्था नाजुक हुँदै गएको बताएका हुन् ।
अनसन बसेको ३६ औं दिन भए पनि पछिल्लो दुई दिन यता स्वास्थ्य पहिलेभन्दा जटिल भएको डाक्टरहरुले बताएका छन् । शरीर सुन्निदा हातको नशा नभेटिएका कारण गंगामायालाई घाँटीको नशाबाट स्लाइन दिइएको पनि अस्पतालले जनाएको छ ।
छोराका हत्यारालाई कारबाहीको माग राखेर अनशनमा बसेका उहाँका श्रीमान् नन्दप्रसाद अधिकारीको तीन सय ३४ औं दिनमा २०७१ असोज ६ गते निधन भएको थियो ।
एक महिनादेखि आमरण अनसनरका कारण अवस्था नाजुक भएकी गंगामाया अधिकारीको जीवन रक्षामा गम्भीर बन्न मानव अधिकार तथा शान्ति समाजले सरकारसँग माग गरेको छ ।
शान्ति समाजका सभापति डा.गंगाधर अधिकारीको नेतृत्वको टोलीले आज वीर अस्पतालमा पुगेर अनसनरत अधिकारीको स्वास्थ्य अवस्था बुझेपछि शान्ति समाजले गंगामायाको जीवन रक्षामा गम्भीर बन्न सरकारलाई आग्रह गर्नु भएको हो ।
उहाँको स्वास्थ्य अवस्था गम्भीर हुँदै गैरहेकाले उहाँसंगको भेटघाटमा बन्देज लगाईएको जानकारी दिईएको थियो ।
१३ वर्षअघि भएको छोरा कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नहरुलाई कारबाहीको मागगर्दै एक महिनादेखि आमरण अनसनमा बस्नुभएकी सत्याग्रही अधिकारीको स्वास्थ्यस्थिति गम्भीर बन्दै गएकोप्रति शान्ति समाजको ध्यानाकर्षण भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।