च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डाै - राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काको कप्तानीमा रहेको प्रदेश तीनले प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा पहिलो जित निकालेको छ । आज भएको खेलमा प्रदेश तीनले प्रदेश ५ लाई ६ विकेटले हरायो ।
मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको प्रदेश पाँच ४२ ओभरमा १२२ रनमा अलआउट भयो । उसका लागि चार खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा सुविन्धु पाण्डेले सर्वाधिक २२ रन बनाए भने सुरज दरालले १८ रनको योगदान गरे ।
यस्तै सन्दीप सुनारले १४ तथा सौरभ खनालले १३ रन जोडे । बाँकी खेलाडी एकपछि अर्को रुपमा पेभेलियन फर्किए । प्रदेश ५ लाई कम स्कोरमा रोक्न कप्तान पारस खड्काले चार विकेट लिए । यस्तै नन्दन यादवले दुई विकेट हात पारे ।
जवाफमा प्रदेश तीनले २१ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पूरा गर्याे । बलियो सुरुवात गरेको प्रदेश तीनले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेको थियो । उसका ओपनर रित गौतम ३७ रनमा आउट भए ।
त्यसपछि रविन जोशी व्यक्तिगत ३५ रनमा पेभेलियन फर्किदा प्रदेश तीनले ८७ रनमा दोस्रो विकेट खेर फाल्यो । लगत्तै पारस खड्का एक रनमा र अनिल बस्नेत दुई रनमा आउट हुँदा प्रदेश तीनले १०२ रनमा चार विकेट गुमायो । प्रदेश तीनले आज पहिलो खेलमा शतक प्रहार गरेका ज्ञानेन्द्र मल्ललाई आराम दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।