प्रधानमन्त्री कप: गण्डकी प्रदेशले ३ नम्बर प्रदेशलाई दियाे १०९ रनको लक्ष्य

 जेठ १४, २०७६ मंगलबार १३:४३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा गण्डकी प्रदेशले ३ नम्बर प्रदेशलाई १०९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुर मैदानमा पहिला ब्याटिङ गरेको गण्डकी प्रदेशले ३०।१ ओभरमा सबै विकेट गुमाएर १०८ रन बनाएको हाे । गण्डकीका लागि सुमन घिमिरेले सर्वाधिक ३४ रन बनाउँदा आकाश थापा २८ रनमा नट आउट रहे ।

५० रन हुँदा ६ विकेट गुमाएको गण्डकीका लागि सुमन र आकाशले पारी सम्हालेका थिए । यी दुईले साझेदारी राम्राे गर्दै टिमको स्कोर १०३ बनाएका थिए । त्यसपछि सुमन आउट भएपछि क्रिजमा आएका दीपेश श्रेष्ठले खाता खोल्न सकेनन् भने किशोर महतो १ रनमा पेभेलियन फर्किएपछि गण्डकी १०८ रनमा समेटियो ।

गण्डकीलाई थाेरै रनमा राेक्न कप्तान पारस खड्का र सूर्य तामाङले चार-चार विकेट लिए । दुवै जनाले एक-एक ओभर मेडन समेत राख्न सफल भए ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया