अभ्यास खेलमा भारतको जित, बंगलादेश ९५ रनले पराजित

 जेठ १५, २०७६ बुधबार ८:२९:२५ | एजेन्सी
unn.prixa.net

बंगलादेशविरुद्धको वार्मअप म्याचमा भारतले ९५ रनको जित हात पारेको छ । कार्डिफमा भएको खेलमा टस हारेर ब्याटिङ गर्ने निम्तो पाएको भारतले ५० ओभरमा सात विकेट गुमाउँदै ३५९ रन बनाएको थियो ।

भारतका लागि महेन्द्र सिंह धोनी र केएल राहुलले शतकीय योगदान दिए । चौथो विकेटका लागि राहुल र धोनीले १६४ रनको साझेदारी गरेका थिए । ब्यक्तिगत तर्फ केएल राहुलले ९९ बलमा १२ चौका र ४ छक्का प्रहार गर्दै १०८ रन बनाए । धोनीले अझ आक्रामक ब्याटिङ गरे । उनले ७८ बलमा ८ चौका र सात छक्का प्रहार गर्दै ११३ रन बनाएका थिए ।

विराट कोहलीले पनि ४७ रन बनाए । ओपनर शिखर धवन भने एक रन बनाएर पवेलियन फर्केका थिए । बलिङतर्फ रुवेल हुसेन र शकिब अल हसनले २–२ विकेट लिए । 

३६० रनको लक्ष्य पछ्याएको बंगलादेश इनिङ सकिनु भन्दा तीन बल अगावै अलआउट भयो । उसका दुई खेलाडीलेमात्र अर्धशतक पार गरे । ओपनर लिटन दासले ७३ रन बनाए भने मुस्फिकर रहिमले ९० रन जोडे । अन्य ब्याट्सम्यानको प्रदर्शन खराब रह्यो । 

ब्लिङतर्फ कुलदिप यााादददव र युज्भेन्द् चाहलले ३–३ विकेट लिए भने जस्प्रित बुम्राहले दुई विकेट हात पारे ।

अन्तिम अपडेट: असोज ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया