च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
युुरोपा लिग फुटबलको उपाधि चेल्सीले जितेको छ । बुधबार राति अजरबैजानको बाकुमा भएको फाइनलमा आर्सनललाई ४–१ गोल अन्तरले परािजत गर्दै चेल्सीले उपाधि जितेको हो ।
चेल्सीको जितमा इडन हार्जडले व्यक्तिगत दुई गोल गरेका थिए । ओलिभर जेरुड र पेड्रो रोड्रीगेजले एक एक गोल गरे । आर्सनलका एलेक्स इओबीले एक गोल फर्काए । पहिलो हाफ गोलरहित बराबरी खेलको चेल्सीले सबै गोल दोस्रो हाफमा गरेको थियो ।
४९ औं मिनेटमा जिरुडले गोल गर्दै चेल्सीलाई अग्रता १–० को अग्रता दिलाएका थिए । ६० औं मिनेटमा पेड्रोले गोल थपेपछि आर्सनल २–० ले पछि परेको थियो । ६५ औं मिनेटमा हजार्डले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता ३–० को बनाए ।
६९ औं मिनेटमा इओबीले गोल गर्दा आर्सनलले खेल ३–१ को स्थितिमा ल्यायो । तर, ७२ औं मिनेटमा हजार्डले फेरि पेनाल्टीमै व्यक्तिगत दोस्रो गोल गर्दै चेल्सीलाई ४–१ को जित दिलाए ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।