खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीका अति विश्वास पात्र तथा पूर्ववर्ती सरकारका अर्थमन्त्री अरुण जेट्ली दोस्रो कार्यकालको मन्त्रिपरिषदमा भने सहभागी नहुने भएका छन्।
बिहीबारदेखि सुरु हुन लागेको मोदीको दोस्रो कार्यकालमा उनी अस्वस्थताका कारण सहभागी नहुने बताएका हुन् । प्रधानमन्त्री मोदीलाई पत्र लेखेर उनले आफूलाई मन्त्री नबनाउन आग्रह गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मन्त्रिपरिषद् गठनको छलफलमा रहेका प्रधानमन्त्री मोदीलाई पठाएको पत्रमा जेट्लीले लेखेका छन् “मैले औपचारिक रुपमा यो पत्रमार्फत् तपाईसँग यो आग्रह गर्दछु की, अहिले म पूर्ण रुपमा स्वस्थ भइसकेको छैन, मेरो उपचार भइरहेको छ, त्यसैले नयाँ सरकारमा सहभागी हुनेगरी मलाई कुनै जिम्मेवारी नदिनु होला ।”
भारतीय जनता पार्टी (भाजपा)का ६६ वर्षीय नेता जेट्ली गएको शुक्रबारदेखिको मन्त्रिपरिषद् बैठकमा अनुपस्थित छन् । उनले पत्रमा लेखेका छन्, “गत १८ महीनादेखि मैले गम्भीर स्वास्थ्य समस्या झेल्दै आएको छु, मेरा चिकित्सकहरुले मलाई जिम्मेवारी नलिन सुझाव दिएका छन् ।”
आफूलाई निको भएपछि भविष्यमा अन्य जिम्मेवारीमार्फत् आफूले सहयोग गरिनै रहने पनि उनले उल्लेख गरेका छन् । आफ्नो पार्टीले ३०३ सिट जितेर पार्टी कार्यालयमा भव्य विजय उत्सव मनाएको क्षण देख्ने अवसर गुमाउनु परेको स्मरण पनि उनले गरेका छन् । गएको केही दिनदेखि नेता जेट्ली सार्वजनिक रुपमा देखिएका छैनन् उनको स्वास्थ्य अवस्थालाई लिएर आम चासो पनि बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।