सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाले ज्यान गुमाएका छन् भने १९ जना हराइरहेका स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
समाचार संस्था एमटीआईका अनुसार, डुंगामा ३३ जना मानिसहरु थिए, ती मध्ये धेरै दक्षिण कोरियाका पर्यटक थिए । त्यो डुंगालाई अर्काे डुंगाले ठक्कर दिएको थियो । यो दुर्घटना स्थानीय समय अनुसार, रातिको १० बजे भएको हो ।
डुबेको डुंगालाई हेबलेनी को रुपमा पहिचान गरिएको छ । डेन्यूब नदी पर्यटकहरुका लागि एक आकर्षक गन्तव्य हो । डुंगामा ४५ जनाको क्षमता रहेको अधिकारीहरुले जनाएका छन् ।
दक्षिण कोरियाको विदेश मन्त्रालयले १९ जना कोरियाली नागरिक हराइरहेको र उद्धारका लागि एक टोली पठाइने बताएको छ । दक्षिण कोरियाको सियोलका प्रवक्ताले डुंगा दुर्घटनामा कम्तीमा एक जना बालक हराइरहेको जानकारी दिए ।
अहिले डेन्यूब नदीमा हराइरहेका मानिसहरुको खोजी कार्य जारी छ र डेन्यूब नदीको दक्षिणमा डुंगा पनि चलेका छैनन् ।