किरण चेम्जाेङले छाडे मालदिभ्सकाे टीसी स्पाेर्ट्स क्लब

 जेठ १६, २०७६ बिहिबार १४:९:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङ र मालदिभ्सको टीसी स्पोर्टससँगको सम्झौता रद्द भएको छ ।

दोस्रो सिजन माल्दिभ्सको लिग खेल्ने तयारीमा रहेको किरणसँगको सम्झौता क्लबले रद्द गरेको हो । नेपालले मलेसियाविरुद्धको मैत्रीपूर्ण खेलका लागि किरणले जाने निधो गरेपछि क्लवले उनको सम्झौता तोडेको हो ।

किरण र टीसी स्पोर्टसबीच मौखीक रुपमा सहमति भएपछि आधिकारीक रुपमा कागजी प्रक्रिया हुन बाँकी थियो । जसका लागि किरणले क्लबलाई सबै पत्र पठाएका थिए । यही समयमा राष्ट्रिय टिमले मैत्रीपूर्ण खेल खेल्ने भएकाले किरणले राष्ट्रिय टिम रोजेका थिए । तर यता क्लबले आफ्नो अनुमतिबिना नै राष्ट्रिय टिमका लागि खेल्ने निधो गरेको भन्दै सम्झौता रोकेको हो ।

फिफाको मान्यता रहेको मैत्रीपूर्ण खेलका लागि क्लबले ४८ घण्टा अगाडि खेलाडीलाई रिलिज गर्नुपर्ने नियम छ । तर क्लबले भने किरणलाई रिलिज नगर्ने जस्तो देखिनु र किरणले राष्ट्रिय टिमलाई पहिलो रोजाइमा राखेपछि त्यसको असर उनको सम्झौतामा परेको हो ।

अघिल्लो सिजन उत्कृष्ट प्रर्दशन गरेका कारण टीसी स्पोर्टसले किरणलाई दोस्रो सिजनपनि सम्झौता गर्ने निर्णय गरेको थियो । नेपालले जुन दुई र ६ तारिखमा दुई वटा मैत्रीपूर्ण खेल खेल्दैछ । जसका लागि नेपाली टिम आज मलेसिया जाँदैछ ।

अन्तिम अपडेट: चैत ३०, २०८०

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया