विश्वकप क्रिकेट: उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड र दक्षिण अफ्रिका प्रतिस्पर्धा गर्दै

 जेठ १६, २०७६ बिहिबार १५:४३:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

आजदेखि एक दिवसीय विश्वकप सुरु भएको छ ।

इंग्ल्याण्ड र वेल्सका मैदानमा ६ हप्तासम्म सञ्चालन हुने विश्वकपको उद्घाटन बेलायती राजकुमार ह्यारीले गरेका छन् । उद्घाटन गर्दै उनले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने सबै टिमलाई जितका लागि शुभकामना दिएका छन् ।

‘सबै टिमलाई शुभकामना । जसले यो प्रतियोगिता सञ्चालन गर्नका लागि भूमिका खेलेका छन्, उनीहरुलाई धन्यवाद, ’ राजकुमार ह्यारीले भने । ‘एक दिवसीय विश्वपको उद्घाटन गर्न पाउँदा आफूलाई भाग्यमानी महसुस गरेको छु ।’

एक दिवसीय क्रिकेटको मेगा इभेन्ट आईसीसी विश्वकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक इंग्ल्याण्ड दक्षिण अफ्रिकासँग खेल्दैछ । 

इंग्ल्याण्ड टिमको ओपनिङ जेसन रोय र जोनी बेयर्स्टोले गरेका छन् । टिममा जो रुट, अइन मोर्गन, जस बट्लर, बेन स्टोक्स, मोइन अलि, क्रिस वाेक्स, अादिल रसिद, जोफ्रा आर्चर र लायम प्ल‌ंकेट छन् ।

दक्षिण अफ्रिका टिमको ओपनिङ हसिम अमला र क्विन्टन डी ककले गर्नेछन् । यसबाहेक टिममा एइडेन मरक्रम, फाफ डु प्लेसी, रस्सी भान डर डसेन, जेपी डुमिनी, एन्डिल फेलुकवायो, ड्वेन प्रिटोरियस, कागिसो रबाडा, लु‌ंगी एनगिडी र इमरान ताहिर छन् ।

 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया