जापानी सहयाेगमा स्तराेन्नति भएकाे भवन एन्फालाई हस्तान्तरण

 जेठ १६, २०७६ बिहिबार १६:३८:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जापानले अखिल नेपाल फुटबल संघ एन्फा हाताभित्र सार्वजनिक शौचालय निर्माण र एन्फा मुख्यालयको भवनको स्तरोन्नति गरिदिएको छ ।

बिहीबार जापानी राजदूत मासाचिचि साइगोले शौचालय र एन्फा भवन अखिल नेपाल फुटबल संघलाई हस्तान्तरण गर्नुभयो । 
 
सातदोबाटोमा रहेको एन्फा हाताभित्र आयोजना गरिएको कार्यक्रममा जापानी राजदूतले अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिङ शेर्पालाई दुवै संरचना हस्तान्तरण गर्नुभएको हो ।  

'ग्रान्ट एसिस्टेन्ट फर कल्चरल ग्रासरुट प्रोजेक्ट' अन्तर्गत बनेका दुईवटा संरचना निर्माणका लागि जापानले दुई वर्षअघि ७१ हजार पाँच सय ८१ अमेरिकी डलर सहयोग दिएको थियो । 

स्तरोन्नति भएको संरचनामा खेलाडीको ड्रेसिङ रुम, लकर रुम, टेक्निकल ट्रेनिङ रुम र कार्यालय राख्न सकिने कोठाहरु बनेका छन् । 

यी संरचनाले खेलाडी तथा एन्फा पदाधिकारीले लाभ लिन सक्ने साथै यो सहयोग जापान र नेपाल फुटबलबीच दुई पक्षीय सहयोगमा महत्वपूर्ण कोशेढुंगा सावित हुने राजदूतावासकाे विश्वास छ ।

अन्तिम अपडेट: चैत २९, २०८०

तपाईको प्रतिक्रिया