उद्यमी प्रभाकर शम्शेर राणाको निधन

 जेठ १७, २०७६ शुक्रबार १३:१२:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – उद्यमी प्रभाकर शम्शेर राणाको निधन भएको छ । उहाँको ८४ वर्षको उमेरमा उपचारका क्रममा अमेरिकाको न्यूयोर्कमा बिहीबार निधन भएको हो ।

टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडर्सका संस्थापक रहनुभएका राणा केही समय अघिदेखि बिरामी हुनुहुन्थ्यो ।

ढाडमा समस्या देखिएपछि उहाँ ११ महिनादेखि उपचारका लागि अमेरिकामा हुनुहुन्थ्यो ।

सोल्टी होटल, सिप्रदी, सूर्य नेपाल, भोटेकोशी र अमरावती इन्टरनेशनललगायतका कम्पनी स्थापना र सञ्चालमा उहाँको योगदान छ ।

राणाको शनिबार न्यूयोर्कमा नै दाहसंस्कार गरिने र दाहसंस्कारपछि बाँकी काम काठमाण्डौमा गरिने पारिवारिक स्रोतले जनाएको छ ।


 

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया