सोनिया गान्धी बनिन् भारतीय कांग्रेस संसदीय दलकी नेतृ

 जेठ १८, २०७६ शनिबार १५:४३:५४ | एजेन्सी
unn.prixa.net

संयुक्त प्रगतिशील गठबन्धन (यूपीए) की प्रमुख सोनिया गान्धी कांग्रेस संसदीय दलकी नेतृका रुपमा चुनिएकी छिन् । 

शनिबार कांग्रेसका लोकसभाका लागि नवनिर्वाचित ५२ सदस्यहरु र राज्यसभा सांसदहरुले संसदको केन्द्रीय सभामा भएको बैठकमा सोनिया गान्धीलाई कांग्रेस पार्टीको संसदीय दलकी नेतृका रुपमा चुनिएको हो । संसदीय दलमा लोकसभा र राज्यसभाका सदस्यहरु हुन्छन् । 

कांग्रेसका मिडिया सेलका प्रमुख रणदीप सिंह सुरजेवालाले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै यो कुराको जानकारी दिएका हुन् । ‘सोनिया गान्धीलाई कांग्रेस संसदीय दलको नेतृका रुपमा चुनिएको छ ।’ उनले भनेकी छिन्, ‘कांग्रेसमा फेरि विश्वास जगाउने १२ दशमलव १३ करोड मतदाताहरुलाई धन्यवाद दिन्छौँ ।’

बैठकमा सबैको नजर पार्टी अध्यक्ष राहुल गान्धीमाथि थियो । राहुलले लोकसभा चुनावमा नमिठो पराजयसँगै राजीनामा पनि पेस गरेका थिए । तर उनको राजीनामालाई पार्टीले खारेज गरेको थियो । कांग्रेसका वरिष्ठ नेता शशि थरुरले पनि राहुल गान्धी नै कांग्रेसको भविष्य भएको बताएका थिए । 

राहुलले कांग्रेस संसदीय दलकी नेतृको रुपमा चुनिएकी सोनिया गान्धीलाई बधाई दिए । उनले ट्वीट गरेका छन्, ‘उनको (सोनिया गान्धी) नेतृत्वमा कांग्रेस एक मजबुत र प्रभावी विपक्षी पार्टी साबित हुनेछ, जसले भारतको संविधानको रक्षाको लागि संघर्ष गर्छ ।’ बैठकमा राहुल गान्धीले पनि कांग्रेसका सबै कार्यकर्ता र मतदाताहरुलाई पनि धन्यवाद भनेका थिए । 

जम्मा ५२ सांसदको मद्दतमा कांग्रेसका नेताले प्रतिपक्षको पद यस वर्ष पनि पाउने छैनन् । नियमका अनुसार नेताले प्रतिपक्ष पद पाउनका लागि पार्टीको कुल संसदीय सिटको १० प्रतिशत सिट अनिवार्य हुन्छ । 

लोकसभामा सदस्यको संख्या ५४५ छ र कांग्रेसका नेताले प्रतिपक्षको पद प्राप्त गर्न तीन सिट संख्या कम छ । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया