च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ - नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनल नजिक पुगेको छ ।
शनिबार भएको खेलमा नेपाल आर्मीलाई ५० रनले हराउँदै पुलिसले लगातार तेस्रो जित हात पार्यो । कीर्तिपुर मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पुलिसले ४८ ओभर चार बलमा एक सय ६१ रनमा अलआउट भयो ।
खराब सुरुवात गरेको पुलिसले २४ रन बनाउँदा तीन विकेट गुमाएको थियो । उसका लागि आरिफ शेखले ३४ तथा दिपेन्द्रसिंह ऐरीले २९ रन बनाए । यस्तै दिलिप नाथले १४ रन अनिल शाहले १३ रन बनाए ।
अन्तिममा कप्तान मञ्जित श्रेष्ठले ३६ रन बनाए । बलिङ तर्फ आर्मीका साहव आलमले चार विकेट लिए भने करण केसीले २ विकेट लिए ।
जवाफमा आर्मी ४२ ओभर तीन बलमा मात्र एक सय ११ रनमा अलआउट भयो । उसका कुनैपनि खेलाडीले बलियो साझेदारी गर्न सकेनन् । प्रतियोगितामा पहिलो हार ब्यहोर्ने क्रममा आर्मीका ५ खेलाडीले दोहोरो अंक जोडे पनि टिमको हार बचाउन सकेनन् ।
जसमा राजु रिजालले १६, हरी चौहानले ३४, रोहित पौडेलले १६ रन बनाए । अरु खेलाडी सस्तैमा आउट भए । उसलाई कम स्कोरमा रोक्न ललित राजवंशीले तीन तथा आरिफ शेख र दिपेन्द्र ऐरीले दुई-दुई विकेट हात पारे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।