च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
माेरङ - भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले अर्यालले चालु आर्थिक वर्षभित्रै देशभरिका १०८ वटा मालपोत र नापी कार्यालयमा अनलाइन सेवाबाट काम शुरु गरिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले सुशासनका निम्ति सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन उक्त सेवा शुरु गर्न लागेको जानकारी दिनुभयो । कृषियोग्य जमीन बाँझो राखेर समृद्धिको लक्ष्य हासिल पूरा गर्न नसकिने बताउँदै जग्गाको उपयुक्तताको आधारमा वर्गीकरण गरेर सदुपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
मन्त्री अर्यालले मुख्य स्रोतको रुपमा रहेको भूमिलाई व्यवस्थापन गर्न सरकारले कामको शुरुवात गरिरहेको जानकारी दिँदै कृषियोग्य जग्गालाई अधिकतम सदुपयोग गरी उत्पादन वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले सरकारले भूमिसम्बन्धी कानून निर्माण गर्ने क्रममा रहेको बताउँदै एक वर्षभित्र स्थानीय तहलाई भूउपयोग नक्सा हस्तान्तरण गरिने जानकारी दिनुभयो । मन्त्री अर्यालले जमीनको अवस्था के छ रु कुन जमीन के को लागि उपयुक्त हो भनी वर्गीकरणअनुसार उपयोग गर्ने विषय ऐनमा समेटिएको जानकारी दिनुभयो ।
मन्त्री अर्यालले कृषियोग्य जमीनलाई अधिकतम सदुपयोग गर्ने र खण्डीकरण गर्न नपाइने गरी ऐन बनाइएको बताउनुभयो । उहाँले भूमिलाई अधिकतम सदुपयोग गर्ने विषयमा पहिलो चरणमा सचेतना कार्यक्रम सञ्चालन गरिनुका साथै सदुपयोग गर्नेलाई प्रोत्साहनस्वरुप बीउबिजन, कृषि औजारमा अनुदान र अन्य सहयोग उपलब्ध गराइने बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।