विश्वकप क्रिकेट: श्रीलंकामाथि न्यूजिल्याण्डकाे १० विकेटकाे जित

 जेठ १८, २०७६ शनिबार १९:५९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

गएकाे संस्करणको उपविजेता न्यूजिल्याण्डले इंग्ल्याण्डमा जारी आईसीसी विश्वकपको पहिलो खेलमा जित हात पारेको छ । 

शनिबार भएकाे पहिलाे खेेलमा न्यूजिल्याण्डले श्रीलंकालाई १० विकेटले हरायो । टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका २९ ओभर २ बलमा १३६ रन बनाउँदा अलआउट भयो । उसका लागि दिमुथ करुणारत्नेले अर्धशतक पार गर्दै ५२ रन बनाए भने कुशल परेराले २९ तथा थिसरा परेराले २७ रन बनाउँदा अन्य खेलाडीले १० रन पनि जोड्न सकेनन् ।

श्रीलंकाको इनिङलाई धरासायी बनाउनका लागि म्याट हेनरी र लकी फर्गुसनले ३–३ विकेट लिए । 

१३७ रनको कमजोर लक्ष्य न्यूजिल्याण्डले विना कुनै विकेटको क्षतिमा ३४ ओभर १ बलमा पूरा गर्‍यो । न्यूजिल्याण्डका लागि मार्टिन गप्टिलले ७३ रन बनाए भने कलिन मन्रोले ५८ रन जोडे ।

अन्तिम अपडेट: चैत २८, २०८०

तपाईको प्रतिक्रिया