लिभरपुलले जित्यो छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि

 जेठ १९, २०७६ आइतबार ६:३७:० | एजेन्सी
unn.prixa.net

प्रिमियर लिग प्रतिस्पर्धी टोटनह्यामलाई २–० गोलले हराउँदै लिभरपुलले छैटौँ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ । 

सन् २००५ यता लिभरपुलको यो पहिलो ठूलो उपाधि हो । स्पेनको मड्रिडस्थित स्टाडियो वाण्डा मेट्रोपोलिटानो रंगशालामा भएको फाइनलमा खेल सुरु भएको दोस्रो मिनेटमै विवादास्पद पेनाल्टी गोलमार्फत लिभरपुलले अग्रता लिएको थियो । 

खेलको पहिलो मिनेटमै टोटनह्यामका मोउसा सिसिकोले बक्सभित्र ह्याण्ड गरेपछि स्लोभेनियाका रेफ्री दामिर स्कोमानियाले लिभरपुललाई पेनाल्टीको अवसर दिएका थिए । साडियो मानेले चतुर्‍याईंपूर्वक प्रहार गरेको बल सिसिकोको छातीमा लागेर हातमा छुँदै भुइँमा झरेको थियो ।

टोटनह्यामका खेलाडीले अपील गरे पनि रेफ्रीले भार मार्फत आफ्नो निर्णय परिवर्तन गरेनन् । पेनाल्टीमा मोहम्मद सालाहले लेफ्ट फुटेट शर्टमार्फत उत्कृष्ट गोल गरी दोस्रो मिनेटमै अग्रता दिलाएका हुन् । 

च्याम्पियन्स लिग फाइनलमा छिट्टो गोल गर्ने सालाह दोस्रो फुटबलर बनेका छन् । यसअघि सन् २००५ को फाइनलमा एसी मिलानका पाउलो माल्दिनीले लिभरपुलविरुद्ध ५० सेकेण्डमै गोल गरेका थिए । दोस्रो हाफको अन्त्यतिर सब्सिच्युड खेलाडी डिभोक ओरिगीले पेनाल्टी एरियाबाट उत्कृष्ट गोल गरी लिभरपुललाई उपाधि सुरक्षित गरे । 

उनले जोयल माटिपको पासमा गोल गरेका हुन् । पहिलोपल्ट च्याम्पियन्स लिगको फाइनलमा पुगेको टोटनह्यामले खेल आफ्नो नियन्त्रणमा राखे पनि गोल गर्न सकेन । पहिलो हाफको तुलनामा दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको टोटनह्यामका लागि सन ह्युङ मिन, ह्यारी केन र डेले अलीले पाएका अवसर सदुुपयोग गर्न सकेनन् ।

लिभरपुलका प्रशिक्षक जर्गेन क्लपले दोस्रो प्रयासमा च्याम्पियन्स लिगको उपाधि दिलाए । सन् २०१५ मा लिभरपुलको प्रशिक्षक नियुक्त भएपछि लिभरपुलले जितेको एकमात्र ठूलो उपाधि यही हो । यही सिजन प्रिमियर लिगमा ९७ अंक जोडे पनि लिभरपुलले उपाधि दौडमा म्यानचेस्टर सिटीलाई पछि पार्न नसकेको थिएन ।

लिभरपुलले यसअघि सन् १९७७, १९७८, १९८४ र २००५ मा च्याम्पियन्स लिग उपाधि जितेको थियो ।


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया