पीएम कप: प्रदेश २ लाई १५६ रनले हराउँदै नेपाल पुलिस क्लब सेमिफाइनलमा

 जेठ १९, २०७६ आइतबार १६:२५:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेटमा नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । कीर्तिपुर मैदानमा प्रदेश २ लाई १५६ रनले पराजित गर्दै ८ अंकसहित पुलिसले सेमिफाइलनमा स्थान सुरक्षित गरेको हो ।

पुलिसले दिएको २५४ रनको लक्ष्य पछ्याएको प्रदेश २ २९ ओभरमा सबै विकेट गुमाउँदै ९७ रनमा अल आउट भयाे । प्रदेश २ लाई सस्तैमा अल आउट गराउन दीपेन्द्रसिंंह ऐरीले सर्वाधिक ५ विकेट लिए । दश ओभर बलिङ गरेका ऐरीले १ ओभर मेडन राख्दै ५ विकेट लिँदा २८ रन खर्चिए ।

यसैगरी अर्का बलर ललितनारायण राजबंशीले तीन विकेट हात पारे । ६ ओभर बलिङ गरेका ललितले ३ ओभर मेडन राख्दै २१ रन दिएका थिए । कुशल भुर्तेल र सागर ढकालले पनि समान एक-एक विकेट लिए ।

प्रदेश २ का लागि हरिशंकर साहले २९ रन जोड्दा कप्तान मेहबुब आलमले २१ रनको पारी खेले । १६ बल सामना गरेका आलमले तीन छक्का प्रहार गरेका थिए । रवि साहले १५ रन बनाउँदा सुरज पटेलले १२ रनको योगदान गरे ।

टस जितेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा नौ विकेट गुमाउँदै २५३ रन बनायो । बलियो सुरुवात गरेको पुलिसले पहिलो विकेटका लागि ८७ रनको साझेदारी गरेको थियो ।

पुलिसका लागि सुनिल धमलाले ४३ तथा अनिल शाले ३७ रन बनाए । यस्तै अमित श्रेष्ठले ५०, दिपेन्द्र ऐरीले १८ तथा पवन सराफले १३ रनको योगदान गरे । त्यस्तै आरिफ शेखले ३२ तथा कुशल भुर्तेलले ३५ रन योगदान गरे । 

बलिङमा संसद शेखले चार तथा रासिद खानले दुई विकेट हात पारे ।

जवाफमा २९ ओभरमा ९७ रनमा अलआउट भएकाे प्रदेश २ ले आठ रनमा पहिलो  र ४९ रनमा दोस्रो विकेट खेर फाल्यो । उसका मध्यक्रमका खेलाडीले राम्रो खेल्न नसक्दा १५६ रनकाे अन्तरले पराजित भयाे

समुह 'बी' बाट नेपाल पुलिस विजेता र आर्मी उपविजेताका रूपमा सेमिफाइनलमा पुगेका छन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया