अमेरिकी भिसाकाे लागि नयाँ नियम: पाँच वर्षको सामाजिक सञ्जाल रेकर्ड दिनुपर्ने

 जेठ १९, २०७६ आइतबार २०:३८:३९ | एजेन्सी
unn.prixa.net

अमेरिकी सरकारले आफ्नो नागरिकको सुरक्षालाई ध्यानमा राखेर भिसा नियममा परिवर्तन गर्दै एक नयाँ सूचना जारी गरेको छ । 

अमेरिकी गृह मन्त्रालयले जारी गरेको नयाँ नियम अनुसार अब भिसाका लागि आवेदन गर्नेले सामाजिक सञ्जाल एकाउन्टको नाम र त्यसको पाँच वर्षको रेकर्डको जानकारी पनि गराउनुपर्नेछ । 

यसको अलावा आवेदकहरुले आफ्नो इमेल खाता र फोन नम्बर पनि दिनुपर्ने हुन्छ । अमेरिकी सरकारले जहिले चाहन्छ, त्यही समयमा आवेदकहरुको एकाउन्ट जाँच गर्न सक्छ । 

भिसा आवेदनकर्ताहरुसँग पछिल्लो १५ वर्षको उसको जीवन र शरीरमा आएको परिवर्तनको बारेमा पनि सोध्न सकिन्छ । तर केही कुटनीतिक र आधिकारिक भिसा आवेदकहरुलाई भने यो नयाँ नियमबाट छुट दिइनेछ । 

‘कडा राष्ट्रिय सुरक्षाको लागि आफ्नो देशभित्र आउने हर नागरिकको बारेमा सही सूचना र ठोस जानकारी हासिल गर्नुपर्दछ,’ अमेरिकी प्रशासनले भनेको छ । तर शिक्षासँग जोडिएका अधिकारी र शैक्षणिक समूहले भने नयाँ नियमको विरोध गरेका छन् । 

एक अधिकारीका अनुसार, आफ्नो सामाजिक सञ्जालको गलत र झूटाे जानकारी दिनेले गम्भीर सजाय भोग्नुपर्नेछ । ट्रम्प सरकारले सबैभन्दा पहिला सन् २०१८ को मार्चमा यो प्रस्ताव पेश गरेको थियो । 

नयाँ नियम अनुसार, भिसाका लागि के के चाहिन्छ ?

१. पाँच वर्षको सामाजिक सञ्जालको रेकर्ड
२. आफ्नो पुरानो पासपोर्टको व्यहोरा र नम्बर
३. पाँच वर्षको अन्तरालमा प्रयोग गरिएको इमेल खाता र फोन नम्बर 
४. १५ वर्षको आफ्नो वैयक्तिक जानकारी आदि ।
 

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया