फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मलेसियासँग नेपाल पराजित

 जेठ २०, २०७६ सोमबार ६:१४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - फिफा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत आइतबार भएकाे खेलमा नेपाल र मलेसियासँग पराजित भएकाे छ । पहिलाे हाफ गोलरहित बराबरीमा सकिएको भए पनि दाेस्राे हाफ भने पूरै मलेसियाकाे पकडमा रहँदा नेपाल पराजित हुन पुग्याे । 

मलेसियाको बुकित जलील रंगशालामा भएकाे खेलमा नेपाल विरुद्ध घरेलु टिमले सुरुवाती ५ मिनेटमा तीन वटा आक्रमण गरेको थियो । जसमा उसले पहिलो प्रहार पोष्ट माथि प्रहार गयो भने दोस्रो प्रहारलाई किरण चेम्जोङले बचाए । त्यसपछि तेस्रो आक्रमण पोलमा लागेर फर्कियो । उसका सेजवान जेइनोनको प्रहार पोलमा लागेको थियो ।

२८ औं मिनेटमा नेपालले गोलको राम्रो अवसर पाएको थियो । तर विक्रम लामाको प्रहार पोलमा लागेर फर्किन पुग्यो । ३६ औं मिनेटमा मेलेसियका प्रयासलाई विफल पारेको नेपालले ४० औं मिनेटमा बल क्लियर गर्न पुग्दा देबेन्द्र तामाङले पहँलो कार्ड पाए ।

४१ औं मिनेटमा मलेसियाका मोहम्मदले नेपालका दुई जना डिफेन्डरलाई विट गरिसकेका बेला रजीन धिमालले क्लियर गरेका थिए । त्यस लगत्तै पनि रजिनले नै बल क्लियर गरेर नेपालको संकट टारेका थिए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा नेपालले मलेसियालाई रोक्न सकेन । ५०औं मिनेटमा मोहम्मद राशिदले गोल गर्दै मलेसियालाई अग्रता दिलाए ।

अनन्त तामाङले विपक्षी खेलाडीलाई फल गरेपछि मलेसियाले पेनाल्टी पाएको थियो । दोस्रो हाफ पूरै मलेसियाले बलमा पकड जमायो । ८१औं मिनेटमा मलेसियाले अर्को गोल गर्‍यो । शाहरुल मोहम्मद सादले गोल गरेका थिए ।

त्यसपछि नेपाल खेलमा फर्किन सकेन र पराजित भयो । यो नतिजाका कारण मलेसिया विरुद्ध नेपालको जित निकाल्ने लक्ष्य पूरा हुन सकेन ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया