पीएम कप : सुदूर पश्चिम प्रदेशद्वारा प्रदेश ३ लाई १५५ रनकाे लक्ष्य

 जेठ २०, २०७६ सोमबार १३:१७:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगितामा सुदूर पश्चिम प्रदेशले प्रदेश तीनलाई १५५ रनको लक्ष्य दिएको छ ।

टस जितेर पहिला ब्याटिङ गरेको सुदूर पश्चिमले ४५.१ ओभरमा १५४ रन बनाउँदै अल आउट भयो । सुदूर पश्चिमलाई सस्तैमा समेट्न सूर्य तामाङले तीन विकेट लिए ।

उनले १० ओभरमा २ ओभर मेडन राख्दै २६ रन खर्चिएका थिए । यसैगरी जितेन्द्रसिंह ठकुरी र प्रतिस जिसीले दुई-दुई विकेट लिए । यस्तै कप्तान पारस खड्का र नन्दन यादवले पनि एक-एक विकेट हात पारेका थिए ।

यस्तै, सुदूरपश्चिमका लागि खडक बोहराले सर्वाधिक ४० तथा रोशन अधिकारीले २७ रन बनाए । यसैगरी नरेश बुढाएरले २६ रन बनाउँदा कप्तान शेर मल्ल १४ रनमा पेभेलियन फर्किए । अन्य खेलाडीले भने सम्झन लायक प्रर्दशन गरेनन् ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया