पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सर्पको छालाबाट बनेको चप्पल लगाउन नपाउने

 जेठ २०, २०७६ सोमबार १८:२७:१० | एजेन्सी
unn.prixa.net

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले अब सर्पको छालाबाट बनेको 'पेशावरी चप्पल' लगाउन पाउने छैनन् । 

खैबर पख्तुन्ख्वा प्रान्तको वन्य जीव विभागले छापा मार्दै एक जुत्ता पसलबाट सर्पको छालाबाट बनेको चप्पल बरामद गरेको स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् । बरामद गरिएको चप्पल प्रधानमन्त्री इमरान खानलाई बधाईका रुपमा दिन तयार पारिएको थियो । 

डन समाचार पत्रका अनुसार, वन्य जीव विभागका अधिकारीले अफगान चप्पल हाउस नामको जुत्ता पसलमा छापा मारेर सर्पको छालाबाट बनेको चप्पल बरामद गरेका हुन् । यद्दपि पसलका मालिक नुरुद्दीन सिनवारीले आफ्नो बचाउ गर्दै सापको छाला दुई जोडी कप्तान चप्पल बनाउनका लागि अमेरिकाबाट आएको बताएका छन् ।   

‘मलाई सर्पको छाला दिने व्यक्तिले एक जोडी चप्पल आफ्नो लागि र अर्काे जोडी चप्पल प्रधानमन्त्री इमरान खानको लागि बनाउन भनेका थिए’, पसलका मालिक सिनवारीले भने । 

पख्तुन्ख्वा प्रान्तका पर्यावरणमन्त्री इस्तिआक उमरले सर्पको छालाबाट चप्पल बनाउने काम पूर्ण रुपमा गैरकानुनी मानिने बताएका छन् । 
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया