पीएम कप : अन्तिम खेलमा प्रदेश ५ ले गण्डकी प्रदेशलाई ३ विकेटले हरायाे

 जेठ २०, २०७६ सोमबार १८:१६:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगितामा प्रदेश ५ विजयी भएको छ ।

सोमबार कीर्तिपुर मैदानमा भएको खेलमा गण्डकी प्रदेशलाई ३ विकेटले पराजित गर्दै प्रदेश ५ ले तालिकामा ५ अंक जोड्यो ।  लिग चरणकाे आफ्नाे अन्तिम खेलमा विजयी भए पनि प्रदेश ५ ले सेमिफाइनलमा स्थान बनाउन भने सकेन । यो समूहबाट ६ अंक जोडेका प्रदेश तीन र एपीएफ विजेता र उपविजेता बन्दै सेमिफाइनलमा पुग्न सफल भए ।

गण्डकी प्रदेशले दिएको २३५ रनको लक्ष्य प्रदेश पाँचले ४९ दशमलव ५ ओभरमा पूरा गरेको थियो । प्रदेश ५ लाई जिताउन सौरभ खनालले ९० रन जोडे । उनले ११२ बल सामना गर्दा सौरभले १२ चौका प्रहार गरेका थिए । त्यस्तै प्रणित थापा मगरले ४५ रन जोड्दा निश्चल चौधरीले ३३ रन जोडे । 

टस जितेर पहिला ब्याटिङ गर्दा अनिल गुरुङको शतकको मद्दतमा गण्डकी प्रदेशले २३४ रन बनाएको थियो । ओपनिङ गर्न आएका अनिलले ११५ रन बनाएर आउट भए । उनले १५२ बल फेस गर्दा ५ चौका र १ छक्का प्रहार गरे । ओपनिङ आएका अनिल नवौं विकेटको रुपमा आउट भएका थिए ।

गण्डकीका दीपेश श्रेष्ठले २८ रन बनाउँदा कप्तान गोविन्द प्रधानले २६ रन बनाए । यस्तै मेख शेनले २३ रन बनाउँदा किशोर महतोले आक्रामक पारी खेल्दै २० रनको योगदान गरे । उनले जम्मा ७ बलमा ३ छक्काको मद्दतले २० रन बनाएका हुन् ।

प्रदेश पाँचका अनिल खरेलले ५ विकेट लिँदा विक्रम भुषालको नाममा २ विकेट रह्यो ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया