बार्सिलोनाले सार्वजनिक गर्‍यो नयाँ जर्सी

 जेठ २१, २०७६ मंगलबार ११:१५:५ | एजेन्सी
unn.prixa.net

स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोनाले आगामी सिजनका लागि नयाँ जर्सी सार्वजनिक गरेको छ । सन् २०१९–२० को सिजनका लागि बार्सिलोनाले पुरानो डिजाइनलाई परिमार्जन गरेर नयाँ कलरमा ढालेको जर्सी बनाएको छ ।

क्लबका दुई स्टार खेलाडी लियोनल मेसी र जेरार्ड पिकेले नयाँ जर्सीलाई सार्वजनिक गरेका हुन् । बार्सिलोनाको यो नयाँ जर्सीको डिजाइन आर्किटेक्ट एन्टोनी गाउडीले गरेका हुन् । यो जर्सीमा बार्सिलोनाले परम्परागत नीलो कट्टु र मोजा लगाउनेछ ।

क्लवले नयाँ जर्सीलाई मंगलबारदेखि बजारमा पनि बिक्रीका लागि उपलब्ध गराएको छ । यो जर्सीले काटालानको झण्डाको प्रतिनिधित्व गर्नुका साथै जर्सीको पछाडी झण्डा पनि राखिएको छ ।

अन्तिम अपडेट: मंसिर १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया